
Lnp
Rgp
Ggp
pku
Pbu
Sgr
Srbpu
Unsku
Rgp1

Rgu
Bbu
Pvg
Asm
Wsp
Ggd
Bbbpu
Rsb
Hal
Sls
Sbs
Ksm
Ssm
Rgs
Vor
Rgu
Tsm
Gst
nsb

Syp
sab
Gsb
bbt
Jmb
Mks
Pls
Jmb
Bml
Abd
Rpp
Rmb
Ptm
दाङ । थारु कल्याणकारी देउखुरीको आयोजना तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा राजपुर ६ गंगदीमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।
थारु कल्याणकारी राजपुर गाउँपालिकाका अध्यक्ष मंगलप्रसाद चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्य र थारु कल्याणकारी देउखुरीका अध्यक्ष प्रकाश चौधरी एवम् राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवि यादवको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा राजपुर गाउँ पालिकाका १, २,४,५ र ६ नम्बर वडाबाट थारु सस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा थारु कल्याणकारी सभा क्षेत्रीय कानुनी सल्लाहकार हल्लु प्रसाद चौधरी,दाङ भुमी आयोग सदस्य बिज्ञ लक्ष्मी चौधरी,थारु कल्याणकारी सभाका क्षेत्रीय सभापती प्रकाश चौधरीले माघी पर्वको महत्व झल्काउदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुकासाथै राजपुर गाउँपालिकाले थारु कल्याणकारी सभाको कार्यालय भवन निर्माण गरिदिनुपर्नेमा अनुरोध समेत गरेका थिए ।
थारु कल्याणकारी सभा राजपुरका उपाध्यक्ष लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा वडा नम्बर एकका वडा अध्यक्ष सुर्य प्रसाद चौधरी, वडा नं २ का ओम प्रकाश यादव, वडा नं ५ का टंक बहादुर विष्ट, वडा नं ६ का श्याम बहादुर रोकाले भवन निर्माणमा आफुहरु सहयोगी भुमिका निर्वाह गरिदिने बताउदै शुभकामना मन्तव्य दिएका थिए ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपतीदेवि यादवले पनि यसप्रकारका सस्कृती झल्काउने कार्यक्रममा आफुहरु सधैं सकारात्मक रहने र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा सृजनशिल उत्तर टोल गंगदी, थारू हिला समुह मटेरिया वडा नं २, सालभौरी क्लब, सालभौरि आमा समुह,बड्का गल्लि समुह कठबेरुवा, सृजनशिल स्वालम्बन समुह दुलैहिया, सुनौलो जनचेतना समुह राजपुर, सुनौलो टोल दक्षिण गंगदी बडका नाच, खलवा गहिरा राजपुर २ लगायत प्रतिस्प्रधी टिमहरूद्वारा नृत्य प्रर्दशन भएको थियो।
जसमध्ये सालभौरि आमा समुह प्रथम,सृजनशिल उत्तर टोल गंगदी दोस्रो र सालभौरी क्लब तेस्रो स्थान भई पुरस्कृत हुन सफल भएका थिए। यस्तै कार्यक्रममा विजय प्राप्त गर्न सफल हुने सबैलाई पुरस्कार बितरण गरिएको थियो भने कार्यक्रमको संचालन राजपुर -१ कठबेरुवा निवासी रामबकश चौधरी र राजेन्द्रप्रसाद चौधरीले गरेका थिए ।

