आलोक भावुक/गढवा मंगलबार, पुष १९, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ। पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो ।

गर्मी सुरु हुन नपाउदै पौष महिना मै डिब बोरिङको मुल सुकेपछी खानेपानीको समस्या देखिन थालेको गढवा गाउँपालिका वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो । कोइलाबासका करिव १ सय २० घर परिवारलाई खानेपानीको समस्या भएको अध्यक्ष सिद्दिकीले बताउनुभयो।

पर्यटकको आवागमन समेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्य भएको होटल ब्यवसायी बताउँछन् । राप्तीको प्रवेश द्वारको रुपमा रहेको कोइलाबासमा खानेपानीको समस्या हुँदा कोइलाबासमा पर्यटक, होटल व्यवसायलाई प्रत्यक्ष असर परेको देखिन्छ । अन्य प्रयोजनका लागि खोलाको पानी प्रयोग गर्न सकिन्छ तर खानाको लागि खोलाको पानि खाना योग्य नभएको स्थानीयहरु बताउछन्।

खानेपानीको अभावको कारणले गर्दा कोइलाबासमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई समेत समस्या भएको शान्ति पुनर्स्थापना गृह काेइलाबास सिमा जिसीले बताउनुभयो । पानी अभाव हुँदा मुख्य गरी अस्पतालमा तथा विभिन्न संघ संस्थामा सरसफाई एवम् विशेषगरी शौचालय फोहोर र दुर्गन्धित हुनुका साथै सङ्क्रमणको समस्या हुने गरेको जिसीले बताउनुभयो।

त्यस्तै वडाध्यक्ष खालिक सिद्दिकीले खानेपानी आपुर्तिको लागि छिटै नै वैकल्पिक मुहान खोजी गरी वडाबासीलाई खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]