ओमप्रकाश गुप्ता बिहिबार, पुष ०७, २०७९

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा बिहीबारदेखि २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ ।

वडा कार्यालयको आयोजनामा तालिम सुरू भएको हो । वडा अध्यक्ष दिपककुमार चाैधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले बोल्ने सिपको विकास बिना जिवनको कुनै औचित्य नहुने बताएका छन् । त्यसका लागि उनले हरेक नागरिकमा बोल्ने सिपको विकास र नेतृत्व गर्ने क्षमता हुन आवश्यक रहेको बताएका छन् ।साथै वडा अध्यक्ष चाैधरीले उद्घोषण तथा नेतृत्व गर्ने क्षमता भए मात्र आफू भित्र र समाजको विकास हुने बताउँदै सहभागीहरूलाई अनुशासित पुर्वक तालिममा सहभागी हुन सुझाव दिएका थिए ।त्यस्तै तालिममा वडा अध्यक्ष,सदस्यहरू र युवा, बालबालिका गरि २० जनाको सहभागीता रहेको छ भने उक्त तालिमको प्रशिक्षकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका छन् । कार्यक्रमको सञ्चालन वडा सचिव मंगलप्रसाद चाैधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]