
gms
Bksbus5
Jsbus
Ssbus
Ksbus
Gsbus
Bsbus
Ssbus
Csbus
dsbus
Lsbus
Gsl
Pbu
Ssbus
Rsbus
Nssbus7
Ksbus
bpmhl
Ksbus

Bbbpu
Vor
Rsb
nsb
Hal
Ssm
Ggd
Sbs
Ksm
Rgs
Rgu
Sls
Gst
Asm
Tsm
Wsp
Pvg
Bbu
Rgu

Rmb
Pls
Ptm
Jmb
Abd
Mks
Bml
Syp
Jmb
sab
bbt
Rpp
Gsb
भाद्र ३० गते-मंगलबार,नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रदेश सचिवालय सदस्य तथा माननीय सांसद रेवतीरमण शर्माले सन्तुलीत विकासको अवधारणा अनुसार सरकारले दुर दराजको वस्तीमा विकास पु¥याईरहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेकाहरुको स्वागत सम्मानमा राजपुरको जंग्रहवामा आयोजीत कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले नेकपाको नेतृत्वको सरकारले समाजवादमा पुग्न जग निर्माणको काम भैरहेको र विस्तारै छत ढलान गरे झैं बलियो आधार तयार पार्न थालिएको बताउनु भएको हो । मंगलबार आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव तथा हाल नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि भोगेन्द्र सिंग राजपुतको नेतृत्वमा तीन सय बढी व्यक्ति नेकपामा प्रवेश गरेका छन् ।
चुनावी सभाको झल्को दिनेगरी पार्टी प्रवेश गरेकाहरुले नेपाली कांग्रेस भित्र चरम थिचोमिचो रहेकाले त्यो पार्टी छाडेर नेकपामा प्रवेश गरेको बताएका छन् ।‘पार्टीले पटक–पटक दमन र शोषण बाहेक केही गर्न सकेन । जव जनताको आवश्यकता प¥यो तव प्रयोग ग¥यो’नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका भोगेन्द्रले भन्नुभयो–‘अझैं मन दाब्ने कोसि गरिदै छ । अव मन दाबिदैन । एउटा आँधीभेरीको सृजना भएको छ ।’राजपुरमा भएको कार्यक्रममा भोगेन्द्र सहित, धनबहादुर ओली, ठागुराम चौधरी लगायतका अगुवा नेकपामा प्रवेश गर्नु भएको हो । नेकपा राजपुर गाउँपालिका कमिटिका अध्यक्ष चक्रबहादुर खड्का(शिखर)को अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य, दाङ जिल्ला ईञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै गौतमले नव प्रवेशीहरुलाई पार्टीले क्षमता र दक्षताको आधारमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय सांसद मेटमणी चौधरीले विभिन्न वहानामा जनतामाथी अझैं शोषण गर्ने काम भैरहेको भन्दै त्यसको अन्त्यको लागी सरकारले योजनाबद्ध कार्यक्रम ल्याउन थालेको बताउनु भयो । कार्यक्रममा जिल्ला सचिव सुवास पुनले मन्तब्य व्यक्त गर्नु भएको थियो । घनश्याम चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा राजपुर गाउँपालिकाका प्रवक्ता भिम ओलीले गर्नु भएको थियो । पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य माननीय सांसद ईन्द्रजीत थारु, नेकपाका केन्द्रिय सदस्य तथा माननीय सांसद दामा शर्मा, नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, नेकपाका केन्द्रिय सदस्य नारायणी शर्मा, नेकपाका प्रदेश कमिटि सदस्य तथा माननीय सांसद गंगा थारु,लमही नगरपालिकाका मेयर कुलबहादुर के.सी. लगायत नेतृत्वको उपस्थिती रहेको थियो ।
