
Nsb
Ksb
Fmb
Ssb
Tgp
Rsb
Ksb
Csb
Ppu
jsb
Gsb
Bsn
Usb
Ssb
Ksb
Rks

Tsb
Ssb
Gsb
Hl1
Usb

ptl
Nps
Rgu
दाङ । दाङकाे हापुर खोलामा सोमबार बिहान आएको बाढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ ।
चितवनबाटदेखि तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाकारी दिएको हो ।
आज बिहान आएको बाढीले ना ४ च १४४६ नम्बरको ब्रोइलर कुखुरा बोकेको उक्त गाडी बगाएपछि गाडीका चालक र सहचालकलाई प्रहरीले उद्धार गरेको थियो । खोलामा आएको बाढीको कारण अहिले अन्य सवारी साधन रोकिएका छन् । पानीको सतह बढेका कारण प्रहरीले सवारी आवागमन रोकेको हो ।
यता घोराही उपमहानगरपालिका वडा नम्बर १० खैरीमा दुई वटा घरमा हापुर खोला पस्दा घर भत्किएको प्रहरीले जनाएको छ । गएराती परेको वर्षातका कारण खोला घरमा बाढी पस्दा घर भत्किएपनि मानविय क्षति हुन नपाएको नारायणपुर प्रहरीले जनाएको छ । घर भत्किएपछि घरमा रहेका अन्नपात सबै खोलाले बगाएको छ ।
