Sidha Patra बिहिबार, मंसिर ०१, २०७९

डोटी । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना भएको छ ।

डोटीको बडीकेदार गाउँपालिका-५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी र सामग्री बोकेको बा २ झ २२३५ नं. को जीप अत्तरकाडाँ भन्ने ठाउँ नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै डीएसपी भट्टका अनुसार मार्कोट मतदान केन्द्र (क) का मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडक आयोजना कार्यालय विपिनगरका ईन्जिनियर हुन् । भट्टले तीनवटा मतपेटिका समेत चर्केको जानकारी दिए । प्रहरी नायव उपरीक्षक भट्टले भने, ‘चोट धेरै छैन, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुलाई पनि सामान्य चोट लागेको छ, उहाँहरु अर्को गाडी लिएर मतदान केन्द्रमा पुगिसक्नु भएको छ ।’

यस्तै मतदान अधिकृत रैखोलाले आफ्नो कम्मरमा चोट लागेका कारण मतदान गराउन नसक्ने भनेकाले उनको ठाउँमा अर्को व्यक्ति पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलवहाहदुर मलासीले जानकारी दिए । उनले रैखोलाको ठाउँमा जगेडामा रहेका लोकवहादुर साहुँलाई मतदान अधिकृत बनाएर खटाइएको वताए । मलासीले भने, ‘चर्केको मतपेटिकाको सट्टा नयाँ मतपेटिका पठाउने काम भएको छ, ति मतपेटिकाहरु फिर्ता ल्याइनेछ ।’

त्यस्तै मार्कोट स्वास्थ्य चौकीमा (क) र (ख) गरि दुई मतदान केन्द्र रहेका छन् । (क) केन्द्रमा पाँच सय ६० र (ख) केन्द्रमा पाँच सय ९२ मतदाता रहेका छन् । (ख) केन्द्रको मतदान अधिकृतमा स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत उत्तमराज उपाध्याय रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]