
Csb
Ppu
Rsb
jsb
Bsn
Ksb
Ssb
Ssb
Nsb
Fmb
Ksb
Rks
Usb
Ksb
Gsb
Tgp

Usb
Ssb
Hl1
Gsb
Tsb

Rgu
ptl
Nps
बाँके । भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत जमुनाहा नाकाबाट भारतीय एक युवक ५० ग्राम ब्राउन सुगर सहित रङ्गेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला लक्ष्मनपुर बाबा गाउँका २४ वर्षीय नसिब अहमद रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई माधव रिजालले जानकारी दिनु भयो ।
वरिष्ठ सई रिजालका अनुसार अहमद भारतबाट मंगलबार बेलुका नेपाल आउदै गर्दा जमुनाहा चेक पोस्टमा चेकजाँच गर्ने क्रममा उनले लगाएको पाइन्टको भित्री गोजीबाट ५० ग्रामको ब्राउन सुगर फेला परेपछि उनी रङ्गे हात पक्राउ परेका हुन् ।
पक्राउ परेका अहमदलाई थप अनुसन्धानको लागि नियन्त्रणमा ल्याइ हिरासतमा राखिएको छ भने उक्त ५० ग्राम ब्राउन सुगरको बजार मुल्य २ लाखबराबर रहेको र कानुनी सजाय हदैसम्मको हुने प्रहरीले जनाएको छ ।
