
Ssb
Ksb
Nsb
Ssb
Ppu
Bsn
Usb
Rks
Gsb
Ksb
Tgp
Fmb
Csb
Rsb
Ksb
jsb

Gsb
Tsb
Hl1
Ssb
Usb

Rgu
Nps
ptl
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडहरा गाउँका निश्चल यादव राप्ती नदीमा नुहाउन जादा बेपत्ता भएका छन् ।
गढवा गाउँपालिका वडा नम्बर १ बड्हरा गाउँका राम गोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादव शनिबार दिउसो १२ बजेको आसपास नुहाउनका लागि बड्हरा स्थित झोलुङगे पुल नजिक राप्ती नदीमा नुहाउन गएका थिए।उनी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
साथीसँग कपाल कटाएर राप्ती नदीमा नुहाउन गएका बालक नदीमा डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खवर गरेका थिए । खवर पाए लगत्तै नेपाल प्रहरी,ससत्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि अहिले ३१ घण्टा बितिसक्दा पनि बालक फेला परेका छैनन् ।
वेपत्ता बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको खोजी कार्य शनिबार हिजोदेखि निरन्तर भइरहेको छ । बालकको खोजी कार्यमा सहयोग गरिदिन सम्बन्धित सबैमा यादवका जेठा बुवा रामसुरत यादवले अनुरोध गर्नु भएको छ।
त्यस्तै यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बालक नदीमा बेपत्ता भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीय बासीले खोजी कार्य निरन्तर गरिरहेको बताउनु भएको छ । प्रहरी उपरीक्षक ओलीका अनुसार हिजोनई गोटाखोरको टिमलाई डाकिसकेको र गोटाखोर आउन ४८ घण्टा लाग्ने भएको हुँदा सोमबार भोलि मात्र गोटाखोर आइपुग्ने जानकारी दिनु भयो ।
