Sidha Patra शुक्रबार, कार्तिक २५, २०७९

धनगढी । चुनाव प्रचारको नाममा प्रयोग भएका सवारी साधनमा विभिन्न तरिकाले तस्करी हुन थालेको छ। नेपाली काँग्रेस र माओवादीका उम्मेदवारहरुको प्रचार गर्ने नाममा सुर्खेतमा काठ तस्करी हुँदै गरेको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेतमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको प्रचारमा प्रयोग गरिएको फ्लेक्स ब्यानर र झण्डाले छोपेर काठ तस्करी भएको हो। निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानीलगायतको प्रचार सामाग्रीले छोपेर चिरानी गरिएका काठ लैजाँदै गर्दा प्रहरीले पक्रेको हो ।

त्यस्तै उक्त क्षेत्रबाट प्रदेश सभामा काँग्रेसका कालीप्रसाद शाक्य र माओवादीका तर्फबाट विन्दमान विष्ट उम्मेदवार छन्। त्यसैगरी समानुपातिक उम्मेदवारहरुमा काँग्रेसका सञ्जुसिंह विश्वकर्मा,जानकी सिंह,लोकबहादुर विश्वकर्मा र माओवादीका हरिमाया शर्मा र देवीसरा विक छन्।

यस्तै काठ लोड गरिएको पिकअपको पछाडिको भागमा ठूलो ब्यानर झुण्डाइएको थियो भने दायाँ बायाँ काँग्रेस र माओवादीको झण्डा फहराइएका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]