बिहिबार, कार्तिक २४, २०७९

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलले धर्मेन्द्र–सुदर्शन समूह दाङका नेता- कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन् ।

नेता निर्मलले आफ्नो पार्टीले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजीका लागि चलाएको अभियानका विरुद्ध अराजनीतिक ढंगबाट धर्मेन्द्र-सुदर्शन समुहका कार्यकर्ताले देखाएको हर्कत सच्याउन आग्रह गरेका हुन् ।

आसन्न मंसिर ४ को संसदीय निर्वाचन खारेजीका लागि नेकपाद्वारा टासिएका पोस्टरहरुलाई निषेध गर्दै वा टासिएका पोस्टरमाथी धर्मेन्द्र -सुदर्शन समुहले आफ्ना पोस्टर टासेको तथ्य फेला परेपछी नेकपाका घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलले यस्तो आग्रह गरेका हुन् ।

नेता निर्मलले डेलिन्युजराप्ती संग फोन संवादमा भने – ‘हामिले टासेका पोस्टरलाई योजनाबद्ध ढंगले धर्मेन्द्र -सुदर्शन समुहका कार्यकर्ताहरुले च्यात्ने, हाम्रा पोस्टरमाथी आफ्ना पोस्टरहरु टास्ने लगाएतका अराजनीतिक हर्कत गरेको पाइयो । हामीसंग प्रमाण फेला परेका पनि छन् । धर्मेन्द्र – सुदर्शन समुहलाइ न्युनतम राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गर्दछौं अन्यथा अराजनीतिक , योजनाबद्ध ढंगबाट क्रान्तीका विरुद्ध गरिएका दुस्साहसहरुलाइ टुलुटुलु हेरेर बस्न सकिदैन ।’

त्यस्तै नेता निर्मलले योजनाबद्ध ढंगले पार्टी र क्रान्ती विरुद्ध गरिएका सबैखाले हमलालाई कार्यकताको पराकाष्ठाको संज्ञा दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]