
Sdc
Ggp
Rgp
Lnp
Asbus
Ggp
Ksbus
Ksbus
Msbus


दाङ । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको राप्ती गाउँपालिका कार्य समिति गठन गरिएको छ । जननायक स्व.बिपि कोईरालाको १०७ औं जन्म जयन्तीका अबसरमा लोकतन्त्रमा विश्वास राख्ने र लोकतन्त्रमानै नेपालको सपना देख्ने युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै जन नायक बिपी कोइरालाबाट व्यक्त बिचार,प्रतिपादित नीति र अवधारणालाई गाउँ–गाउँ पु¥याउने उद्देश्यका साथ विपी कोइराला युवा नेतृत्व विकास मञ्चको कार्यसमिति विस्तार कार्यक्रम अन्तरगत क्षेत्र नम्बर १ को राप्ती गाउँपालिकामा मञ्च गठन गरिएको हो ।
नव गठित मञ्चको संयोजकमा अाशिष पाैडेलको संयोजकत्वमा ५ सदस्य मनोनित गर्ने गरि २१ सदस्यीय कार्य समिति गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा कुमार अधिकारी,सचिवमा बलराम कुमाल, प्रवक्तामा बलराम शाही ( भिसुन) रहेका छन् । त्यसै गरि मञ्चका सदस्यहरूमा हरिहर ज्ञवाली,चन्द्रमणी ज्ञवाली ( विशाल) अमित शर्मा,रामु मल्ल,खगेन्द्र मल्ल,दिपक सुवेदी, रामलाैटन चाैधरी,श्यामा रावत, पवन चाैधरी,पुरन चाैधरी, दानबहादुर चाैधरी,धर्मप्रसाद उप्रेती रहेका छन् ।
विपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य अाशिष पाैडेलको अध्यक्षता एवम् नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्व सांसद सुशिला चाैधरीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा पार्टीका महासमिति सदस्य तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी,राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा चाैधरी,पार्टीका पुर्व महासमिति सदस्य तथा जिपी फाउन्डेसन जिल्ला सह संयोजक दोर्ण भुसाल,जिल्ला सदस्य हरि भुसाल,क्षेत्र नम्बर १ क प्रदेश सभापति ताराबहादुर डिसी,राप्ती गाउँपालिका ईकाइ सभापति दुर्योधन पाण्डे, उपसभापति वेदप्रसाद चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य वक्त गरेका थिए ।
कार्यक्रममा नयाँ कार्य समितिलाई क्षेत्रिय कार्यसमितिबाट जिम्मेवार प्रदान गर्दै व्यानर र मास्क समेत प्रदान गरिएको थियोे । मञ्चका क्षेत्रिय सदस्य टिका पुनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार कमल गिरीले गरेका थिए ।
