आलोक भावुक/गढवा बुधबार, कार्तिक २३, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिकाद्वारा मोतिविन्दुका विरामीहरूलाइ नि:शुल्क शल्यक्रिया हुने भएको छ ।

नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा पहिलो चरणमा दुई सय जना मोतिविन्दु भएका विरामीहरूको नि:शुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाकाले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघ र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङको संगको सहकार्यमा गढवा गाउँपालिकाले पहिलो चरणमा दुई सय जना मोतिविन्दु भएकाहरुको नि:शुल्क शल्यक्रिया गर्न लागेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको बिगतमा भएको सहमति बमोजिम गढवा गाउँपालिकामा आँखा चेकजाँच कार्यक्रम/शिविर सञ्चालन गरि मोतिविन्दुको शल्यक्रिया गर्न छनौट भएका विरामीहरूलाई शिविर स्थलमा बोलाई शल्यक्रिया गरिने सहमति भएको गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

पहिलो चरणमा शिविर सञ्चालनबाट छनौट भएका विरामीहरु मध्येबाट बढीमा दुई सय जनाको शल्यक्रिया गरिने र बाँकी अन्यलाई दोस्रो चरणमा समाबेश गरिने गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो। गढवा गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गढवा गाउँपालिकाको विभिन्न वडामा मोतिविन्दु भएका विरामीहरूलाई नि:शुल्क शल्यक्रिया गर्न लागिएको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।

नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको मोतिविन्दु भएका विरामीहरुलाई नि:शुल्क शल्यक्रिया गर्ने लिखित सहमतिमा हस्ताक्षर भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै दुबै पक्षले आगामी दिनहरूमा पनि सहमति र सहकार्य गर्दै विभिन्न खालको शिविर सञ्चालन गर्ने सहमति भएको नेपाल नेत्र ज्योति संघ लमहीले जानकारी दिएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज,लमही आँखा अस्पताल लमही दाङको प्राविधिक सहयोगमा नि:शुल्क शल्यक्रिया कार्यक्रम हुने गढवा गाउँपालिकाकाले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]