Sidha Patra शनिबार, कार्तिक १९, २०७९

दाङ । प्रदेश सभा सदस्य पदका उम्मेदवार राजु खनालले व्यवसायीहरुको समस्या समाधानकालागी गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नु भएको छ ।

गठबन्धन समर्थक व्यवसायीहरुको शनिवार घोराहीमा भएको भेलामा बोल्दै खनालले व्यवसायीहरुको समस्या समाधानका लागी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नु भयो । व्यवसाय अहिले कठिन मोडमा भएको उहाँले बताउनुभयो । कोरोना महामारीपछि व्यवसाय क्षेत्र विभिन्न समस्यामा रहेको भन्दै खनालले व्यवसाय फस्टानका बैंकको ब्याज दिनप्रतिदिन बृद्धि भईरहेकाले व्यवसायीहरु चर्को ब्याजको मारमा परेको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले राज्य व्यवसायीहरुको मसस्याप्रति गम्भीर बन्न आवश्यक भएको बताउनुभयो । दाङको व्यवसायीक केन्द्र घोराही भएपनि घोराही क्षेत्रका व्यवसायीहरु नै मारमा परेको र राप्तीको व्यवसायीक केन्द्रको रुपमा घोराही बजारलाई विकाश गर्न आवश्यक भएको खनालले बताउनु भयो । देशको विकासकालागी व्यवसायीहरुको महत्वपूर्ण भूमीका रहेको भन्दै व्यवसायीको व्यवसाय प्रवर्द्धनकालागी कार्यक्रम ल्याउन आवश्यक भएको उहाँको भनाई थियो । आफू पनि व्यवसायी भएकाले व्यवसायीहरुको समस्याबारे आफू नजिकबाट जानकार भएको उहाँको भनाई थियो ।

यस्तै अहिले हामी व्यवसायीहरु विभिन्न खालका समस्याहरुमा छौं,कोरोना महामारीपछि व्यवसाय क्षेत्र फस्टाउन सकेको छैन । म आफै पनि व्यवसायी भएकाले पनि व्यवसायीहरुको समस्याका बारेम नजिकबाट जानकार छु’ खनालले भन्नुभयो– ‘ती व्यवसायीको समस्या माधानकलागी गठबन्धनलाई बिजयी बनाउनुहुन म सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।’

खनालले दाङको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा सञ्चालन गर्न र एमबिविएस,नर्सिङ पढाई सुरु गर्न,दाङको तुलसीपुरमा रहेको बिमानस्थलको स्तरबृद्धि गर्न एवं आवश्यकता अनुसार वैकल्पीक विमानस्थलको खोजी गर्न आवश्यक रहेको उहाँले बताउन भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]