अनिल खत्री/गुल्मी शनिबार, कार्तिक १९, २०७९

गुल्मी । गुल्मी जिल्लाका व्यवसायिकहरुले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएका छन् । बैंकहरुले मनलाग्दी ब्याज बढाएको र उद्योगी व्यवसायीहरु पलायन हुने बाध्यात्मक अवस्था आउन लागेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंक लाइ प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

त्यस्तै ज्ञापनपत्रमा कोभिङ १९ महामारी पछिको वर्तमान देशको अर्थतन्त्रमा देखा परेका आर्थिक संकट तथा नेपाल राष्ट्र बैंक बाट जारी चालु पूजी निर्देशिका २०७९ को कारण देशभरका उद्योगी व्यवसायी तथा निजि क्षेत्र धरासायी हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रभाहमा व्यवसायीहरुले धान्नै नसक्ने गरी व्याज दर वृद्धि तथा अर्थवन्त्रमा नकारात्मक असर पर्ने खालका गतिविधि गरेको कारण उद्योग कल कारखाना तथा व्यापार व्यवसायहरु धमाधम बन्द हुदै गहिरहेको अवस्था छ ।

यस्तै नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारका गतिविधिहरु अविलम्भ सच्चाई उद्योग व्यवसायीमैत्री निति निर्माण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघका माध्यमबाट सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघको एक्यवद्धता अनुरूप हाम्रो गुल्मी उद्योग वाणिज्य संघ जोडदार माग गरेको उल्लेख गरिएको छ । स्थानिय स्तरमा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरुलाई समेत वर्तमान संकटको यो अवस्थामा व्यवसायीहरुमाथि आतंक सिर्जना गर्ने कार्य समेत तत्काल बन्द गर्न जोडदार माग गरेका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]