Sidha Patra शुक्रबार, कार्तिक १८, २०७९

दाङ । पब्लिक ज्ञानज्योतिमा कानुन विषय पढ्दै आएका विद्यार्थीहरुलाई बिहीबार लागुपदार्थ दुव्र्यशनी सम्बन्धी जानकारी दिइएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रमै पुगेर जानकारी लिएका हुन् । पब्लिक ज्ञान ज्योतिमा कानुन विषय पढ्दै आएका र मेरी गोल्ड बोर्डिङ स्कुलमा पढ्दै आएका विद्यार्थीहरुलाई दुव्र्यशनी सम्बन्धी जानकारी दिइएको हो ।

संस्थाका मनोविमर्शदाता शैलेश शर्माले लागुपदार्थ दुव्र्यशनले घर परिवार समाजमा पारेको असरका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनु भएको थियो । उहाँले लागुपदार्थ दुव्र्यशनीबाट बच्ने उपाय, उपचारका विषयमा जानकारी गराउनुभएको हो । कार्यक्रममा कानुन विषय पढाउँदै आउनुभएका पब्लिक ज्ञान ज्योतिका सोमराज बस्नेतले दुव्र्यशनी नेपालमा रहेको कानुनीमा रहेको दण्ड सजायका बारेमा समेत जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा ८० जना विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । तुलसीपुर १९ मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रबाट उपचार पछि एक हजार बढी दुव्र्यशनीहरु समाजमा पुर्नस्थापित भएको संस्थाका निर्देशक एवम अध्यक्ष सुरेश भुसालले जानकारी दिनुभयो । हालसम्म एक लाख बढी अभिभावक, विद्यार्थीहरुलाई दुव्र्यशनी सम्बन्धी सचेतना समेत दिइएको छ । संस्थाले दुव्र्यशनीमा रहेका व्यक्तिहरुलाई सीप समेत सिकाउँदै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]