
Gisld
Sds
mbd
Ksm
Anm
Gmk
Rbs
Pbu
Mbdvs

Asm
Pvg
Hal
Tsm
Rgu
Sls
Gst
Ssm
Wsp
Rsb
Rgu
Ksm
Bbu
Rgs
Sbs
Ggd
nsb
Bbbpu
Vor

Bml
Rpp
Pls
Mks
Gsb
sab
bbt
Syp
Jmb
Jmb
Abd
Rmb
Ptm
कपिलवस्तु । कपिलवस्तुमा असोज १ गतेबाट होटल संचालन गर्ने बातावरण बनाउन व्यवासायीहरुले आग्रह गरेका छन् । कोरोना नियन्त्रण र रोकथामको लागि जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाउदै लगे पनि होटल व्यवसाय संचालन गर्ने वातावरण नबनाएको भन्दै व्यवसायीहरुले जिल्लाका स्थानिय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा १५ अर्ब बढीको लगानिमा संचालमा रहेका होटलहरुले प्रत्येक्ष रुपमा १५ हजार बढीलाई रोजगारी प्रदान गरिरहेको अवस्थामा विगत ६ महिनादेखि व्यवसाय बन्द हुदाँ जटिल अवस्थामा पुगेको होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासंचिव रविन्द्र पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भ्रमण वर्षलाई लक्षित गरी होटल तथा पर्यटनमा व्यवसायीहरुले ठुलो रकम लगानी गरेको अवस्थामा हाल वैकको व्याज,किस्ता,घरभाडा,पानी, बिजुलीमा सरकारले छुट गर्ने अवधारणा ल्याउनुपर्ने उल्लेख गरीएको छ ।
सानो पुजीवाट स्वरोजगार गर्दै आएका घरलु तथा लघु उद्यमी,ससाना चियापसल, खाजाघर तथा होटल रेष्टुरेन्टहरुलाईहरुलाई भौतिकदुरी कायम तथा सुरक्षीत भएर व्यवसाय संचालन गर्न दिनुपर्ने बताइएको छ । होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोडनु परेको अवस्था हुदाँ पनि व्यवसायीको पीडामा सरकारले नबुझेको भन्दै व्यवसायीहरु मानिसक तनावमा परि अप्रिय घटना समेत घटन सक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासचिव रविन्द्र पौडेल र घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठद्धारा हस्ताक्षीत ज्ञापन पत्रमा असोज १ गते देखि होटल तथा व्यवासाय संचालन गर्ने व्यवस्था नमिलाए लकडाउन उल्लघन गर्दै स्वतस्फुर्त व्यवसाय संचालन गर्ने बाध्य हुने बताइएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र वाणगंगा नगरपालिकामा ज्ञापन पत्र बुझाएको र भोली अन्य स्थानिय तहमा बुझाउने महासचिव पौडेलले बताउनु भयो ।
