
Ksb
Csb
Nsb
Bsn
Gsb
jsb
Ksb
Ssb
Rsb
Rks
Ppu
Ksb
Fmb
Usb
Ssb
Tgp

Hl1
Tsb
Ssb
Gsb
Usb

Nps
Rgu
ptl
दाङ । दाङमा नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा कमिटी १ का संयोजक धर्मराज अधिकारीले साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् । बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै अधिकारीले माओवादी परित्याग गरेको घोषणा गरेका छन् ।
२०७० साल देखी माओवादी पार्टीको राजनीतिमा सक्रिय रहेका अधिकारी हाल प्रदेश कमिटी सल्लाहकार र क्षेत्र नं. १ (१) को संयोजक रहेका थिए। हाल माओवादीले अंगिकार गरेको नीति र विचारसंग असहमत जनाउदै पाँच दलिय गठबन्धनको पक्षमा मतदान गर्न नसक्ने घोषणा सहित अधिकारीले राजिनामा दिएका हुन् ।
