
Rks
Csb
Bsn
Nsb
jsb
Ssb
Ksb
Rsb
Gsb
Ksb
Ksb
Usb
Fmb
Ssb
Tgp
Ppu

Usb
Gsb
Ssb
Tsb
Hl1

ptl
Nps
Rgu
दाङ । खेतुलाल विकको मूख्य पेशा कृषि हो । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका–२ मर्पेसका विकले १२ वर्षदेखी घुइया, अदुवा र बेसार खेती गर्दै आउनुभएको छ ।
पहाडी क्षेत्रमा प¥र्याप्त मात्रामा धान उत्पादन नहुने भएको हुँदा उहाँले घुइया,अदुवा र बेसार खेतीबाट गुजारा चलाउनु भएको छ । मर्पेसमा उत्पादन गरिएको ति वस्तुहरु मार्फत किसानहरुले वर्षभरीलाई खान पुग्ने धान संग साटेर आफनो जिविकोपार्जन गर्दै आएका छन् ।
‘यस मर्पेस तथा खारा क्षेत्रमा त्यति धान तथा अन्य अन्नबाली उत्पादन नहुँने हुँदा विगत लामो समयदेखी अदुवा,घुइयाको खेती गर्दै आएका हौं’,उहाँले भन्नुभयो,‘यहाँका अधिकासं किसानहरुले यसरीनै उत्पादन गरेका वस्तुहरुबाट घोराही उपमहानगरपालिका भित्रका विभिन्न गाउँहरुमा पुगेर धान संग साट्ने गर्दै आएका छौं ।’
गाउँपालिका भित्रका प्राय जसो गाउँहरुमा धान खेती गरेपनि त्यतिधेरै मात्रामा उत्पादन नहुने हुँदा किसानहरुले घुइया, अदुवा र बेसार खेतीगर्दै आएको उहाँ बताउनुहुन्छ । धिमधिमे मालारानी बहुउदेश्यी कुषक समुहका अध्यक्ष समेत रहनु भएका किसान विकले आफुहरुलाई यही ब्यावसायबाटै खुशी मिल्ने गरेको बताउनुभयो । उहाँले पनि हाल ४ रोपनि जग्गामा घुइया, अदुवा र बेसार खेति गर्दै आउनुभएको छ । यस समुहमा २० घर परिवारका किसानहरु आवद्ध रहेका छन् । पालिका भित्रका सबै वडाहरुमा यसको खेती हुँदै आएको भएपनि ब्यावसायीक रुपमा खेती गर्नेको किसानको संख्या भने १ सय ५० रहेको उहाँ बताउनुहुन्छ ।
वार्षिक रुपमा २ क्विन्टल खेती गरेबाफत २० किवन्टल आम्दानी गर्न सफल हुँने उहाँको अनुभव रहेको छ । सोहि ठाउँका किसान हिरा पुनले पनि विगत लामो समयदेखी अदुवा, घुइया र बेसार खेती गर्दै आउनुभएको छ । आम्दानी र उत्पादन सोचे अनुसारको राम्रो हुने भएकाले यहि ब्यावसायलाई निरन्तरता दिदै आएको उहाँ बताउनुहुन्छ । ‘आफुले उत्पादन गरेका वस्तुबाट ७ महिना पुग्ने अन्न साट्न सकिन्छ ’,उहाँले भन्नुभयो,‘ धान लगाएपनि धेरै अन्नबाली उत्पादन हुँदैन त्यसकारण मैले पनि यहि ब्यावसायलाई निरन्तरता दिर्दै आएको छौं ।’
यसरी यहाँका सिकानहरुले उत्पादन गरेको बेसार, अदुवा र घुइया मार्फत एक घुइया र दुई धान गरेर साट्ने गरेको किसानहरुको भनाई रहेको छ । धिमधिमे मालारानी बहुउदेश्यी कुषक समुहका कोषाध्यक्ष विर बहादुर सुनारले पनि बंगालाचुली गाउँपालिका अन्तर्गतका क्षेत्रहरुमा हावा पानि समेत राम्रो भएकोले अदुवा, घुइया र बेसारको ब्यावसायीक रुपमा गर्ने खेति गर्ने किसानहरुको संख्या बढ्दै गएको छ ।
यस आर्थिक वर्षमा गाउँपालिका मार्फत किसानहरुको जिवनस्थर माथी उकास्नका लागि समुहबाट बजेट मागगरि कृषि ब्यावसायलाई अझ फराकिलो बनाउने उदेश्य भएता पनि अनुदान माग गर्न ढिलाई भएकोले आफुहरुले प्राप्त गर्न नसेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको समयमै अनुदान तथा सहयोग माग मार्फत यस क्षेत्रका किसानहरुले गर्दै आएको कृषि ब्यवासायलाई व्यवस्थित रुपमा अझ विस्तार गर्दै लैजाने योजना रहेको समुहका कोषाध्यक्ष सुनारले बताउनुभयो ।
