
Nsb
Csb
Fmb
Ksb
Ssb
Gsb
Tgp
Ssb
Ksb
Ksb
Rsb
Usb
Ppu
jsb
Rks
Bsn

Hl1
Ssb
Tsb
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीमा शुभ दिपावली तथा ३५ औं चौथी मेला तथा खेलकुद एवं साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
पटौली गाउँका समाजसेवी एवं बुद्धिजीवी बहादुर घर्तीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता,एवं वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले नाका क्षेत्रको विकास गर्नको लागि अब क्रमशः योजना बनाएर देउखुरीबाट नाका जोड्ने बाटो,नाका क्षेत्रको पुर्व पश्चिम् जोड्ने बाटो र विद्युत लाइन विस्तार,खानेपानी लगायत अन्य संचारलाई क्रमिक रुपमा विकास गर्ने बताउनु भयो ।
त्यस्तै उहाँले अहिले राजपुर गाउँपालिका भित्रको सामुदायिक विद्यालयमा कक्षा १० सम्म नि:शुल्क पढाई सुरु गरिसकेको बताउनु भएको छ । यस्तै भरखरै भीषण वर्षातका कारण विभिन्न बाटोघाटो लगायत अन्य घर खेतीमा पुगेको क्षतिलाई मध्यनजर गरेर राहत वितरण र राजपुर गाउँपालिका भित्रको बाटो विस्तार गर्नको लागि ५ ओटा जिसिबी संचालन गरेको जानकारी दिनु भयो ।
यस्तै पुर्व प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले नाका क्षेत्रसंग आफुपनि धेरै परिचित रहेकोले आफू पुनः सेवा गर्ने स्थान प्राप्त गरेमा नाका क्षेत्रको समग्र विकास गर्नको लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो ।अहिले आफुले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेको हुँदा आफुलाई मतदान गर्न समेत अनुरोध गर्नु भएको थियो ।
बाल बिसौनी प्राथमिक विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तेज बहादुर सुनारको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सांसद रेवतीरमण शर्मा,सशस्त्र प्रहरी बल बिओ पी पटौली नाकाका बिओपी पति जीवन पौडेल,जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर गिरी,ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बुढा मगर,बाल बिसौनी प्रावि व्यवस्थापन समितिका अध्यक्ष हेमराज गिरी,वडा नम्बर १ का पुर्व सदस्य गोमा अधिकारी,जमाजसेवि गंगाराम भट्टराई,समाजसेवी हेमकुमार जिसी लगायतको सहभागी रहेको थियो ।
त्यस्तै भलिबल प्रतियोगिता कार्यक्रममा पहिलो राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाका, दोस्रोमा आयोजक टिम,तेस्रोमा वडा नम्बर १ माररी खोला बिजय भएको छ । जम्मा १४ टिममा प्रतिस्पर्धा भएको खेल नकाउट सिस्टममा खेलाइएको मेला व्यवस्थापन समितिका अध्यक्ष सन्देश घर्ती मगरले जानकारी दिनु भयो ।
यस्तै खुल्ला साँस्कृतिक कार्यक्रममा गायक तथा नायक थानेश्वर गुप्ता (भुलन)ले आफ्नो प्रस्तुति राखेर भरपुर मनोरञ्जन दिलाउनु भएको थियो भने अन्य विभिन्न प्रस्तुति रहेको थियो ।
सिमा सुरक्षा युवा क्लबको आयोजनामा संचालन भएको औपचारिक कार्यक्रमको संचालन मनिराम घर्ती मगरले गर्नु भएको थियो भने खुल्ला साँस्कृतिक कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य भिम कुमारी सुनार र गायक अनमोल योगिले गर्नु भएको थियो ।


