सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख आइतबार, कार्तिक ०६, २०७९

बाँके । ईलाका प्रहरी कार्यालयले डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

त्यस्तै उनिहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले शनिबार साँझ ७ बजे पक्राउ गरेको हो । उनिहरु ब्राउन सुगरको कारोबार गरी कोहलपुर देखि पुर्ब तर्फ गईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरिक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले रा १ ब ८९९ को सरकारी नम्बर प्लेटको पल्सर मोटरसाईकल सहित राप्तीसोनारी गाँउपालीका वडा नं. ९ ढकेरी स्थित पुर्ब पश्चिम राजमार्गबाट पक्राउ गरेको हो ।

यसैगरी उनिहरुलाई लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी मल्लले बताए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले गत असोज २५ गते बैजनाथ गाँउपालीका १ चिसापानीबाट ७३० मिलिग्राम ब्राउन सुगर सहित बैजनाथ गाँउपालीका १ चिसापानी बस्ने २२ बर्षिय सन्तोष शाही र सोही ठाँउ बस्ने २२ बर्षिय पदम बुढालाई पक्राउ गरेको थियो ।

यस्तै कार्तिक ४ गते कोहलपुर नगरपालीका वडा नं. २ बिकासनगरबाट ९४० मिलिग्राम ब्राउन सुगर सहित २४ बर्षिय बिजय भन्ने बिर बहादुर बिकलाई पक्राउ गरीएको छ । साथै कार्तिक ४ गते बैजनाथ गाँउपालीका वडा नं. ५ बनकटुवा बस्ने २६ बर्षिय मनिश थारुलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको डिएसपी ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

डिएसपी मल्लले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पदभार सम्हालेको ६ महिनाको अबधीमा ठुलो संख्यामा लागुऔषध कारोबारी पक्राउ गर्न सफल भएका छन । पछिल्लो ६ महिनाको तथ्याङ्क अनुसार लागु औषध ब्राउन सुगरको ३५ मुद्धा दर्ता भएका छन । जसमा ३३ पुरुष र ४ महिला रहेका छन । यस्तै लागु औषध अफिमको एउटा मुद्धा दर्ता भएको छ ।

यस्तै लागु औषध नाईट्राभ्याट र लागु औषध गाँजाको एक एक मुद्धा दर्ता भएको डिएसपी मल्लले जानकारी दिए । ६ महिनाको अबधीमा लागु औषध कारोबारको ३८ मुद्धमा संलग्न ४१ जना पक्राउ गरी मुद्धा दर्ता गरीएको डिएसपी मल्लले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]