
Rgp
cjs
Pes
sbs
Rgp1
Sgr
Srbpu
Pbu
pku
Gfs
Djs
Ggp
Lnp
Unsku

Ksm
Hal
Rgs
nsb
Rgu
Rsb
Tsm
Wsp
Ssm
Sls
Asm
Rgu
Ggd
Gst
Pvg
Bbbpu
Vor
Sbs
Bbu

Ptm
Bml
Pls
Gsb
bbt
Rmb
Rpp
Mks
Jmb
sab
Jmb
Abd
Syp
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेका किशोर किशोरीको शवलाई पोष्टमार्टम गरिएको छ ।
मंगलबार बिहान करिब साढे १२ बजेतिर तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा शवको पोष्टर्माटम गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार राप्ती प्रादेशिक अस्पतालकै डाक्टरले शवको पोष्टमार्टम गरेको हो ।
यसअघि विभिन्न संचार माध्यममा राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक बिज्ञ र विभिन्न अंग चेकजाँचका लागि उपकरण नरहेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट फरेन्सिक विज्ञ बोलाउने खबर निराधार रहेको अस्पताल प्रशासन स्रोतले बताएको छ । देशैभर फरेन्सिक विज्ञ करिब १२ जना मात्रै रहेको बताउदै अस्पताल प्रशासनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि विज्ञ डाक्टर नरहेको जिकिर गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार पोष्टमार्टम रिर्पोट एक/दुई दिन भित्रमा आउने बताए । साथै किशोर,किशोरीको संकास्पद अंगलाई भिसेरा गर्न काठमाडौं पठाइने बताए । भिसेरा रिर्पोट आउन करिब एक महिना लाग्न सक्ने समेत बताए । उनले शवको पोष्र्टमार्टम भैसकेकोले किशोरकिशोरीको परिवारसंग छलफल गरेर शवलाई जिम्मा लगाउने तयारी भैरहेको बताए । त्यस्तै घटनाका विषयमा सुक्ष्म अनुसन्धान भैरहेको डिएसपी गौतमले बताए । अनुसन्धानका लागि विभिन्न स्थानबाट केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँ मामाको घरमा बस्दै आएका १५ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो । उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो ।
डिएसपी गौतमले दिएको जानकारी अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए । किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास तथ्य भेटाउन सकेको छैन् । प्रहरीले तथ्य फेला पार्न नसक्दा पछिल्लो समय घटना झनपछि झन पेचिंलो बन्दै गएको छ ।
