Sidha Patra मंगलबार, कार्तिक ०१, २०७९

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेका किशोर किशोरीको शवलाई पोष्टमार्टम गरिएको छ ।

मंगलबार बिहान करिब साढे १२ बजेतिर तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा शवको पोष्टर्माटम गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार राप्ती प्रादेशिक अस्पतालकै डाक्टरले शवको पोष्टमार्टम गरेको हो ।

यसअघि विभिन्न संचार माध्यममा राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक बिज्ञ र विभिन्न अंग चेकजाँचका लागि उपकरण नरहेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट फरेन्सिक विज्ञ बोलाउने खबर निराधार रहेको अस्पताल प्रशासन स्रोतले बताएको छ । देशैभर फरेन्सिक विज्ञ करिब १२ जना मात्रै रहेको बताउदै अस्पताल प्रशासनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि विज्ञ डाक्टर नरहेको जिकिर गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार पोष्टमार्टम रिर्पोट एक/दुई दिन भित्रमा आउने बताए । साथै किशोर,किशोरीको संकास्पद अंगलाई भिसेरा गर्न काठमाडौं पठाइने बताए । भिसेरा रिर्पोट आउन करिब एक महिना लाग्न सक्ने समेत बताए । उनले शवको पोष्र्टमार्टम भैसकेकोले किशोरकिशोरीको परिवारसंग छलफल गरेर शवलाई जिम्मा लगाउने तयारी भैरहेको बताए । त्यस्तै घटनाका विषयमा सुक्ष्म अनुसन्धान भैरहेको डिएसपी गौतमले बताए । अनुसन्धानका लागि विभिन्न स्थानबाट केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँ मामाको घरमा बस्दै आएका १५ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो । उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो ।

डिएसपी गौतमले दिएको जानकारी अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए । किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास तथ्य भेटाउन सकेको छैन् । प्रहरीले तथ्य फेला पार्न नसक्दा पछिल्लो समय घटना झनपछि झन पेचिंलो बन्दै गएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]