Sidha Patra मंगलबार, कार्तिक ०१, २०७९

काठमाडौं । आगामी मंसिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी) को तालिम सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ ।

त्यस्तै देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा दुई लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए । भर्ना प्रक्रियाबाट छनोट भएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन स्थलमा परिचालन गर्ने तयारी गरिएको छ । म्यादी प्रहरीमा भर्ना भएकाले ४० दिन निर्वाचन सुरक्षामा खटिनुपर्नेछ। त्यसबापत उनीहरूले एकमुष्ट ५१ हजार १६० रुपियाँ पाउनेछन् ।

यसैगरी दुर्गम हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई न्यानो कपडाबापत थप एक हजार रुपियाँ उपलब्ध गराइने बताइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षका लागि खटिने म्यादी प्रहरीले ड्रेस,जुत्ता,सिट्ठी,लौरो प्रयोग गर्न पाउनेछन् । म्यादी प्रहरीको तालिम सकिएसँगै आगामी कात्तिक ९ गतेदेखि उनीहरूलाई मतदान स्थलको सुरक्षामा परिचालन गरिनेछ । मंसिर ८ गते देशभरका म्यादी प्रहरीको बिदाइ गरिनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]