
Rgp
Pes
cjs
Sgr
Ggp
Gfs
Lnp
Srbpu
pku
Unsku
sbs
Rgp1
Pbu
Djs

Ssm
Rgu
nsb
Vor
Pvg
Ggd
Rgu
Sbs
Bbu
Wsp
Bbbpu
Asm
Ksm
Gst
Rgs
Sls
Tsm
Rsb
Hal

bbt
Jmb
Jmb
sab
Rmb
Ptm
Mks
Abd
Bml
Pls
Syp
Gsb
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले आफू निर्वाचित भएर राजपुर गाउँपालिकामा आइसकेपछि पहिलो कार्य कक्षा १ देखि १० सम्म नि:शुल्क शिक्षा प्रदान गर्न सकेको बताउनु भयो ।
त्यस्तै अध्यक्ष बुढाथोकीले गाउँपालिकाले शुन्य शुल्कमा शिक्षा प्रदान गर्न लागेको हुँदा अब कुनैपनि राजपुर बासीले छोराछोरी पढाउनको लागि चिन्ता लिनु नपर्ने बताउनु भएको छ । यस्तै उहाँले खेलकुद तथा नृत्य प्रतियोगिताहरु प्रति गाउँपालिकाको ध्यान केन्द्रिय भएको बताउनु भयो । उहाँले सम्पूर्ण युवाहरुलाई अब गाउँपालिका मात्र सिमित नभएर क्षेत्र,जिल्ला र केन्द्रसम्म पहुँच पुराउनु पर्ने बताउनु भयो ।
वडा नम्बर १ का निवर्तमान वडा सदस्य रामबहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजसेवी एवं बुद्धिजीवी टेकबहादुर सुनार,संचार कर्मी मेगमन बुढा,रामेश्वरी प्रवि रसरी खोलाका पुर्व प्रअ तथा प्रावि असानिका प्रअ खमान खड्का,मेस क्याप्टेन सुकृती सुनार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पाँच पुर्णिामा मेला व्यवस्थापन समिति तथा दियो असल शासन युवा क्लब र सम्पूर्ण आमा समुहको आयोजनामा सम्पन्न भएको मेला तथा कार्यक्रममा गायक खेम सिंह रानाले फेवातालको आगनमा लै लै माछापुच्छ्रेको छाया गीत गाएर भरपुर मनोरञ्जन दिलाउनु भएको थियो ।
त्यस्तै उक्त कार्यक्रममा नृत्य प्रतियोगिताबाट पहिलो स्थानमा आयोजक टिमका र दोस्रोमा मिरमिरे युवा क्लब राजपुर-१ गुरुङ खोला,राजपुर-५ महतेनिया खोलाका रमेश गिरी स्थान प्राप्त गर्न सफल भएका थिए । यस्तै उक्त प्रतियोगिताको निर्णायक मण्डलमा दिप बस्नेत,रेग बहादुर बुढा,सुकृती सुनार रहनु भएको थियो ।
यसैगरी भलिबल प्रतियोगितामा पहिलो स्थानमा राजपुर-४ मुङ्ग्रेठा खोला,दोस्रोमा राजपुर- ३ करङ्गा र तेस्रोमा राजपुर-६ कल्याणपुरले जित हात पार्न सफल भएको थियो भने सो कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य भिम कुमारी सुनारले गर्नु भएको थियो ।
