
Rgp1
Djs
cjs
sbs
Pes
Gfs
Pbu
Ggp
Srbpu
Unsku
pku
Lnp
Sgr
Rgp

Rgu
Ssm
Hal
Rgu
nsb
Ggd
Tsm
Ksm
Sbs
Pvg
Rgs
Wsp
Sls
Rsb
Gst
Bbu
Asm
Vor
Bbbpu

sab
Pls
Bml
Rmb
Mks
bbt
Gsb
Ptm
Syp
Jmb
Jmb
Rpp
Abd
दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको बैठक शनिबार भालुबाङमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले विगतमा बैज्ञानिक वन व्यवस्थापनद्वारा गरेका काम कार्यहरुको समिक्षा गरेर अघि बढ्नु पर्ने बताउनु भएको छ ।
राष्ट्रलाई संवृद्धि बनाउनको लागि सबैभन्दा पहिले बैज्ञानिक वन व्यवस्थापन अन्तरगतका सामुदायिक वन उपभोक्ता समुहमा गरिने विभिन्न क्रियाकलाप संगै आर्थिक पार्दशी तथा सुशासन कायम गरेर काम कार्य गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै उहाँले समुदायमा देखिने खालका साझेदारी कार्यक्रमहरु गरेर बैज्ञानिक वनको वास्तविक उदेश्यलाई आत्मसात गरि अघि बढेमा यस बैज्ञानिक वन व्यवस्थापनले निरन्तरता पाउने र देशको अर्थतन्त्रमा राम्रो टेवा पुग्ने बताउनु भयो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङको स्वागत मन्तव्यबाट संचालन भएको बैठक कार्यक्रमका विशिष्ट अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले २०६८ सालदेखि देशमा बैज्ञानिक वन व्यवस्थापन लागु भएको भएपनि बीचमा खारेज भएर दुई वर्ष बढी रोकिदा राष्ट्रले धेरै घाटा व्यहोर्नुपरेको बताउनु भएको छ ।
बैज्ञानिक वन व्यवस्थापन लागु नहुँदासम्मको रेकर्ड हेर्दा देशभरमा जम्मा २० लाख क्युफिट काठ कटान भएको थियो भने बैज्ञानिक वन व्यवस्थापन लागू भैसकेपछिको छोटो समयमा ८० देखि ९० लाख क्युफिट काठ कटान भएर सेवा प्रदान गर्न सकिएको बताउनु भयो ।
त्यस्तै उहाँले बैज्ञानिक वन व्यवस्थापन भन्दा बित्तिकै सबै वन नै सखाप पार्ने भन्ने बुझेपनि बैज्ञानिक वन व्यवस्थापन वनको लागि अत्यन्तै उपलब्धि मुलक रहेकोे बताउनु भयो । बैज्ञानिक वन व्यवस्थापनको लागि बनेको कार्य विधान र कार्य योजना अनुसार काम गर्ने हो भने वातावरणमा नसोचेकै सुधार आउने र अन्तराष्ट्रियबाट खपत गरिने अरबौंका काठहरुलाई रोकेर नेपालमै काठहरु व्यवस्थापन गरि उपभोग गर्न सकिने बताउनु भयो ।
त्यसैगरी उहाँले अहिले लुम्बिनी प्रदेश सरकार मार्फत बैज्ञानिक वन व्यवस्थापनको लागि कार्यविधि तथा नियमावली पास भैसकेको र संघीय सरकारको वन मन्त्रालयबाट पनि कार्यविधि पुनःपासको लागि प्रक्रियामा रहेको हुँदा अब देशै भरका ६८ ओटा जिल्लामा विस्तार भएका बैज्ञानिक वन व्यवस्थापनसंग जोडिएका वनहरुले बैज्ञानिक वनको अवधारणा र कार्ययोजना अनुसार काम गर्न आग्रह गर्नु भएको छ ।
त्यसैगरी डिभिजन वन कार्यालय प्युठान जिल्लाका डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले एक दुई जनाले गरेको बदमासीको कारणले गर्दा आज यसरी अनावश्यक बैज्ञानिक वन व्यवस्थापनले क्षति व्यहोर्नुपरेको बताउनु भयो । बैज्ञानिक वन व्यवस्थापनमा ठेकेदार भन्दापनि उपभोक्ताको हितमा काम कार्य गरेमा मात्र बैज्ञानिक वन व्यवस्थापनले सफलता पाउने अधिकृत गुप्ताले सुझाव दिनु भएको भयो ।
बैठक कार्यक्रमको बारेमा लुम्बिनी प्रदेश महासंघका सदस्य हेमनाथ पौडेलले जानकारी गराउनु भएको कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका महासचिव पर्साराम भुसाल,लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाको नेतृत्व गर्दै दाङ जिल्लाका अध्यक्ष तथा बबई गाउँपालिका उपाध्यक्ष बोम कुमारी खड्का लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन लुम्बिनी प्रदेशका सचिव टोपेन्द्र खड्काले गर्नु भएको थियो ।
त्यस्तै उक्त बैठक कार्यक्रमको समापन गर्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाले लुम्बिनी प्रदेश अन्तरगत बैज्ञानिक वन व्यवस्थापनसंग आवद्ध सामुदायिक वनहरुलाई तत्काल वार्षिक साधारण सभा बसालेर आफ्नो आर्थिक प्रतिवेदनहरु पेश गरेर सभा पारित गरि समुहलाई चलायमान राख्न आग्रह गर्नु भएको छ ।




