
Rgp
Pes
Pbu
Gfs
Unsku
cjs
Ggp
Djs
Rgp1
Lnp
Sgr
Srbpu
sbs
pku

nsb
Vor
Sls
Hal
Asm
Ksm
Bbu
Bbbpu
Rgs
Rgu
Sbs
Ssm
Wsp
Gst
Rgu
Tsm
Pvg
Rsb
Ggd

Jmb
Ptm
Mks
Jmb
Rpp
Abd
sab
Gsb
Rmb
Bml
bbt
Syp
Pls
दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीहरुलाई बचतमात्रै सीमित नभई उत्पादनशील कार्यमा लाग्नुपर्ने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा कार्यक्षेत्र रहेको दुधरास बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख खड्काले सहकारीले नेपालमा पछिल्लो समयमा आर्थिक संकटसंग जुध्नका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि खड्काले सहकारीले गरिबी घटाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि आर्थिक समितिका संयोजक एवम वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले सहकारीहरुले अब उत्पादनका क्षेत्र स्वास्थ्य,कृषि क्षेत्रममा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सहकारी संस्था सदस्य वीरेन्द्र खड्काले कार्य क्षेत्र बढाएर लैजाने बताउनुभएको थियो । सहकारी संस्थाका अध्यक्ष केशव रिजालको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । सहकारी संस्थामा तीन सय एक सदस्य रहेका छन् । सहकारीले पाँच करोड बढी आर्थिक कारोवार गरेको छ । संस्थाका उपाध्यक्ष धनबहादुर बस्नेतको स्वागत मन्तबाट सुरु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष वीरेन्द्र अवस्थीले आर्थिक प्रतिवेदन र सचिव प्रमोद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
