
Ppu
Ksb
Ssb
Rks
Tgp
Usb
Rsb
Csb
Bsn
jsb
Ksb
Nsb
Ssb
Ksb
Fmb
Gsb

Hl1
Usb
Gsb
Ssb
Tsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
पाँच पुर्णिामा मेला व्यवस्थापन समितिका अध्यक्ष आशाराम बिसीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले सुन्दर राजपुर गाउँपालिका बनाउन आफू लगायत आफ्नो सम्पूर्ण टिम तत्पर रहेको बताउनु भएको छ ।
जनजाति युवा तथा बाल क्लब तथा पाँच पुर्णिामा मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा बुधबार राति सम्पन्न भएको एक दिने बृहत साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको सिटबाट बोल्दै अध्यक्ष बुढाथोकीले राजपुरको समग्र विकास निर्माणको कार्यमा राजपुर बासि एक जुट भएर लागिपर्नु पर्ने बताउनु भयो ।
अहिले बाढी,पहिरोको कारणले धेरै नागरिक पीडित भएको अबस्थामा राजपुर गाउँपालिकाले पहिलो चरणमा बाढी र पहिरोले आफ्नो घर,अन्नपात सबै गुमाएका वास्तविक पीडितलाई दैनिक आवश्यक पर्ने सामग्री स्वरुप राहत वितरण गरिसकेको बताउनु भएको छ ।
त्यस्तै उहाँले अहिले राजपुर गाउँपालिकाको तर्फबाट शिक्षा क्षेत्रमा कक्षा १ देखि १० सम्म नि:शुल्क शिक्षा प्रदान गरिसकेको र कृषि,स्वास्थ्य लगायत अन्य विकास निर्माणका कार्यलाई पनि क्रमशः अघि बढाइरहेको बताउनु भयो ।
बेला स्वास्थ्य चौकीका महिला स्वयंसेविका रुपा शर्मा पुनको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर ६ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोका,पाँच पुर्णिामा मेला व्यवस्थापन समितिका संस्थापक अध्यक्ष पदम बहादुर पुन लगायतले बोल्नु भएको थियो । त्यस्तै उक्त बृहत साँस्कृतिक कार्यक्रमको औपचारिक कार्यक्रमको संचालन संचार कर्मी मेगमन बुढाले गर्नु भएको थियो भने अनौपचारिक खुला साँस्कृतिक कार्यक्रम संचालन संचार कर्मी टेकबहादुर पुनले गर्नु भएको थियो ।

