
Mbdvs
Gisld
mbd
Sds
Anm
Ksm
Gmk
Pbu
Rbs

Bbu
Tsm
Ksm
Rsb
nsb
Rgs
Rgu
Sbs
Ssm
Ggd
Hal
Rgu
Bbbpu
Gst
Wsp
Sls
Vor
Asm
Pvg

Rmb
Jmb
Jmb
bbt
sab
Syp
Gsb
Abd
Mks
Pls
Bml
Rpp
Ptm
सल्यान । कपुरकोट गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको कपुरकोट बजार क्षेत्र सोमबार दिउँसोदेखि खुलाइएको छ । गाउँपालिका र सरोकारवालाहरुसँग आज विहान भएको छलफलबाट सोमवार १२ बजेदेखि सिल हटाउने निर्णय गरेको हो ।
सिल खुल्ला भए संगै कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय,३ नं वडा कार्यालय,तरकारी बजार तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक,वित्तीय संस्थाले सेवा सुचारु गरेका छन् । सरोकारवाला र गाउँपालिकाको परामर्शमा सिल हटाइएकाले अब पहिले जस्तै आफ्ना काम सुचारु गर्न सबैलाई गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले आग्रह गर्नु भएको छ । स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि समुदायमा कोरोना फैलिन नदिनका लागि भदौ १८ गते कपुरकोट बजार क्षेत्र सिल गरिएको थियो ।
