हेमराज शर्मा/गढवा मंगलबार, आश्विन २५, २०७९

दाङ । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भबिष्य भन्ने नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाएको छ ।

उक्त अवसरमा लैङ्गिक समानताः हाम्रो अधिकार, हाम्रो भबिष्य विषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिता कार्यक्रममा पवित्रा चौधरी प्रथम,वर्षा चौधरी द्धितीय,आशकुमारी चौधरी तृतीय र उमा चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रममा संस्थाले सहयोग गरिरहेका ४५ जना छात्रछात्राको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पवित्रा चौधरीले बालिका हिंशा र विभेद अन्त्यका लागि घरपरिवारबाट नै परिवर्तन ल्याउनु पर्ने बताएकी थिइन् । त्यस्तै वर्षा चौधरीले महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भनेता पनि अँझै पनि समाजमा असमान व्यवहार रहेको बताउदै सो अन्त्यका लागि सबैको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिएकी थिइन ।विद्यार्थी नेहा चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन आयूवा चौधरीले गरेकी थिइन् । बालिकाहरुको शैक्षिक र सामाजिक विकासका लागि सन् २०१२ देखि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन थालेको हो । विश्वभर विभिन्न कार्यक्रमहरू गरी अक्टुबर ११ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]