
Unsku
Ggp
sbs
pku
Djs
Sgr
Gfs
Srbpu
Lnp
cjs
Pbu
Rgp
Rgp1
Pes

Vor
Ggd
Sbs
Wsp
Asm
Tsm
nsb
Sls
Hal
Bbu
Ssm
Rgs
Rgu
Rgu
Ksm
Rsb
Pvg
Bbbpu
Gst

Rmb
Mks
Jmb
Rpp
Bml
Gsb
Jmb
Abd
bbt
Ptm
Pls
Syp
sab
दाङ । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भबिष्य भन्ने नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाएको छ ।
उक्त अवसरमा लैङ्गिक समानताः हाम्रो अधिकार, हाम्रो भबिष्य विषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिता कार्यक्रममा पवित्रा चौधरी प्रथम,वर्षा चौधरी द्धितीय,आशकुमारी चौधरी तृतीय र उमा चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा संस्थाले सहयोग गरिरहेका ४५ जना छात्रछात्राको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पवित्रा चौधरीले बालिका हिंशा र विभेद अन्त्यका लागि घरपरिवारबाट नै परिवर्तन ल्याउनु पर्ने बताएकी थिइन् । त्यस्तै वर्षा चौधरीले महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भनेता पनि अँझै पनि समाजमा असमान व्यवहार रहेको बताउदै सो अन्त्यका लागि सबैको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिएकी थिइन ।
विद्यार्थी नेहा चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन आयूवा चौधरीले गरेकी थिइन् । बालिकाहरुको शैक्षिक र सामाजिक विकासका लागि सन् २०१२ देखि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन थालेको हो । विश्वभर विभिन्न कार्यक्रमहरू गरी अक्टुबर ११ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
