
Pes
cjs
Unsku
Pbu
Djs
Sgr
Gfs
Ggp
pku
Lnp
sbs
Rgp
Srbpu
Rgp1

Ksm
Sbs
Rgs
Tsm
Rsb
Pvg
Ggd
Sls
Vor
nsb
Hal
Rgu
Wsp
Ssm
Rgu
Asm
Bbu
Gst
Bbbpu

Syp
Ptm
Mks
Rmb
Jmb
bbt
Jmb
Pls
Abd
Bml
Rpp
sab
Gsb
दाङ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पहिरो जाँदा सडक यातायात बन्द हुन पुगेको छ। सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि अवरूद्ध भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार दाङको भालुवाङदेखि प्यूठान जिल्ला जोड्ने सडक खण्डको ठाउँठाउँमा झरेको पहिरोका कारण दाङ– प्युठान सडक खण्डमा पनि यातायातका साधन गुड्न सकेका छैनन्।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिकाको सतबरियामा झरेको पहिरोका कारण अवरूद्ध राजमार्ग खुलाउने प्रयास जारी रहेको जिसीले बताए।
यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार बुटवल–पाल्पा सडक खण्ड पनि पहिरोका कारण अवरूद्ध भएको छ। विभिन्न ठाउँमा झरेको पहिरो पन्छाउने प्रयास जारी रहेको प्रदेश प्रहरीले जानकारी दिएको छ।
