
jsb
Ksb
Ksb
Ssb
Tgp
Ksb
Csb
Rks
Fmb
Ssb
Usb
Rsb
Nsb
Gsb
Bsn
Ppu

Hl1
Ssb
Tsb
Gsb
Usb

Nps
Rgu
ptl
दाङ । यहीँ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना संगै तुलसीपुर र लमहीमा पनि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे ।
त्यस्तै निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने जनाएको थियाे । क्षेत्र १ काे लमहीमा,२ काे घाेराहीमा र ३ काे तुलसीपुरमा कार्यालय स्थापना गरिएको छ । यहीँ कार्यालयमा मनाेनयन दर्तादेखि सम्पूर्ण निर्वाचनकाे कार्यसम्पादन गरिने छ ।
त्यस्तै मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश कृपासुर कार्की रहेका छन् । उनले निर्वाचन क्षेत्र नम्बर २ काे जिम्मेवारी पाएका छन् भने निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृकाे रूपमा मानबहादुर विष्ट र ३ मा डाेलनाथ न्याैपाने रहेका छन् ।
