
Ggp
Srbpu
pku
cjs
Unsku
Rgp
Djs
Sgr
Gfs
Pbu
sbs
Rgp1
Lnp
Pes

Sls
Ggd
nsb
Rsb
Wsp
Rgs
Sbs
Ksm
Rgu
Bbu
Pvg
Asm
Gst
Hal
Tsm
Rgu
Vor
Ssm
Bbbpu

sab
Mks
Gsb
Rpp
Pls
bbt
Jmb
Abd
Bml
Rmb
Jmb
Syp
Ptm
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १९५ ले कोरोना संक्रमण कै कारण ज्यान गुमाएका छन् । यो मृत्युदर नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको ० दशमलव ५३ प्रतिशत हो ।
मृत्यु भएका संक्रमितमध्ये ५१ जनामहिला र १४४ जना पुरुष छन् । मृत्यु हुने संक्रमतिमध्ये ० देखि १० वर्षसम्मका बालबालिका ४ जना छन् । यस्तै ११ देखि २० वर्ष उमेर समूहका ५ जना छन् ।
यस्तै २१ देखि ३० वर्षसम्मका १२ जना, ३१ देखि ४० वर्ष उमेर समूहका १७ जना छन् । ४१ देखि ५० वर्ष सम्मका ४२ जना संक्रमतिको मृत्यु भएको छ ।
५१ देखि ६० वर्षका ३८ जना, ६१ देखि ७० वर्ष उमेर समूहका ४० जना, ७१ देखि ८० वर्षको उमेर समूहका २६ जना र ८० वर्ष भन्दामाथिका ११ संक्रमितको मृत्यु भएको छ ।
यो तथ्यांकले नेपालमा कुल मृत्यु हुने संक्रमतिमध्ये सबैभन्दा बढी मृत्युदर ६१ देखि ७० वर्ष उमेर समूहका बढी छन् । ६० वर्षभन्दा माथि उमेर भएकाको मृत्युदर पनि बढी छ । ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिको मृत्युदर भने कम रहेको मन्त्रालयको तथ्यांकले देखाउछ ।
यो तथ्यांकले पनि वयस्क व्यक्ति तथा बालबालिकामा कोरोना संक्रमणबाट हुने मृत्युदर कम देखिन्छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार मृत्यु भएका कोरोना संक्रमितमध्ये अघिकांश कुनै न कुनै प्रकारका रोग र समास्याबाट ग्रसित भएका बिरामी छन्।
शुक्रबारसम्म मृत्यु भएका व्यक्ति अधिकांशमा कुनै न कुनै प्रकारका दीर्घ रोग रहेको पाइएको छ ।
मन्त्रालयको पछिल्लो तथ्यांककाअनुसार मृत्युभएका संक्रमितमध्ये करिव ५० जनामा कोरोना संक्रमणको कारण अर्थात कोरोनाको गम्भिर प्रकृतिको लक्षणले कडा निमोनिया र श्वासप्रश्वास, उच्च ज्वरो र खोकीको समस्या रहेको पाइएको छ ।
अन्य संक्रमित क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मुटु सुम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोग, नशा सम्बन्धि समस्या, कलेजो सम्बन्धी रोग, दमको समस्या, पित्तथैलीमा पत्थरी, क्षयरोगका बिरामी, हाइपोथाईरोडीजम लगायतका समस्या भएका बिरामी थिए ।
दैनिक १० हजारभन्दा बढी व्यक्तिको स्वाब संकलन गरी कोरोना परीक्षण पनि भइरहेको छ । तर अझै पनि मृत्युपछि मात्र कोरोना पुष्टि हुने क्रम रोकिएको छैन ।
