दिवाकर पोख्रेल बिहिबार, आश्विन १३, २०७९

दाङ । देउखुरीको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरुले आन्दोलन गरेका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य !र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

विहिवार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र वहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवेन्द्र प्रसाद क्षेष्ठ कार्यरत रहेकाले डाँगीलाई हाजिर नगराउन माग गरेका छन् ।

लमही नगरपालिकका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने विषयमा मेयर,उपमेयर र अन्य कार्यपालिका सदस्य विभाजित भएका छन् । कार्यपालिका सदस्यहरुले मेयर र उपमेयरको सक्रियतामा गेहेन्द्र बहादुर डाँगीलाई पुनःलमही नगरपालिका ल्याउन पहल गरिएको भन्दै मेयर उपमेयरको आलोचना समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा लमही नगरपालिका प्रवत्ता तथा लमही नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोहन गिरीले डाँगी लमहीमै बस्न खोजे चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो । पहिलो चरणमा लमही नगरपालिकामा धर्ना,दोस्रो चरणमा नगरपालिकामा तलावन्दी गर्ने र तेस्रो चरणमा सम्पुर्ण वडा कार्यालय बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । लमही नगरपालिकामा दुइवटा कार्यालय प्रमुख भएका छन् ।

देवेन्द्र श्रेष्ठ र गेहेन्द्र डाँगी प्रमुख प्रशासकीय अधिकृतको रुपमा दुइजना वहाल रहनु भएको छ । श्रेष्ठ कार्यकक्षमै काम गरिरहदा डाँगीले बुधबार लमही नगरपालिकामै हाजिर गरी विदामा बस्नु भएको छ ।

गहेन्द्र वहादुर डाँगीले सरव प्रक्रिया मन्त्रालयबाट हुन भएकाले यो विषयमा आफुलाई जानकारी नभएको जानकारी दिदै आफुले लमही नगरपालिकामा हाजिर गरेको बताउनुभयो । यस विषयमा लमही नगरपालिका प्रमुख जोगराज चौधरी र उपमेयर लक्ष्मि योगी सम्पर्क आउन चाहनु भएन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]