टेकबहादुर पुन आइतबार, आश्विन ०९, २०७९

दाङ । दाङ देउखुरीको लमहीमा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा दुर्घटनामा परी सोही वडाको जनकपुर निवासी अन्दाजी ५० बर्षका लिलाराम चौधरीको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।

आईतबार बेलुका सवा सात बजेको समयमा सडकमा लडिरहेको अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाईतेको प्रकृति हेर्दा दुर्घटनामा परेको हुन सक्ने प्रहरीले बताएको छ । घाईतेको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । ठक्कर कस्ले र कसरी दियो भन्ने कुराको एक्किन हुन नसकेको प्रहरी चौकी सतबरियाका प्रहरी प्रमुख किशन खड्काले जानकारी दिए ।

घाईतेलाई लमही अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको शबलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालमा राखिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]