
Ppu
Rsb
Rks
jsb
Nsb
Bsn
Csb
Ksb
Usb
Ksb
Ssb
Gsb
Fmb
Ssb
Tgp
Ksb

Tsb
Gsb
Hl1
Usb
Ssb

ptl
Nps
Rgu
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. गढवा देउखुरी दाङकाे आठाैं वार्षिक साधारणसभा आज गढवामा सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष ओमप्रकाश बसेलकाे सभापतित्व एवम् गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरीकाे प्रमुख आतिथ्यतामा तथा बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्ण गाैतमकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा,उपाध्यक्ष चाैधरीले संस्था सबल र सुदृढ बनाउन,सामाजिक उतरदायि सहित चलेकाे संस्स्थाकाे सफलताको शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
गाउँपालिकाबाट हुने हरेक सहकारी सम्बन्धि कार्यक्रममा गाउँपालिकाकाे शत प्रतिशत सहयाेग हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा बिशिस्ट अतिथिकाे आसनबाट बाेल्दै बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष गाैतमले संस्था बलियाे अवस्था रहेकाे प्रतिबेदनबाट प्रष्ट हुने धारणा राख्नु भएकाे थियाे ।
केहि सहकारीहरू परिवारवादमा चलेकाे,सहकारी ऐन विपरीत चलेकाले समस्या ग्रस्त भएकाे उल्लेख गर्दै बिधि र बिधानमा चल्ने सहकारी समस्यामा नरहेकाे र आयाम बहुउद्देश्यीय सहकारी मजबुत अवस्थामा रहेकाेले शेयर सदस्यहरू निर्धक्क रूपमा बचत तथा ऋणकाे काराेवार गर्न आग्रह गर्नु भएकाे थियाे ।
संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुल आम्दानी ४३ लाख ३६ हजार ५सय ५७ रुपैयाँ २४ पैसा रहेको छ भने खर्च ३८ लाख २८ हजार १सय ९६ रुपैयाँ ९७ पैसा रहेको छ भने ५ लाख ८ हजार ३ सय ६० रुपैयाँ २७ पैसा नाफा भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सबै भन्दा बढी आम्दानी ऋण लगानी गरेर व्याज बाफत २१लाख २८ हजार ९ सय ७८ रुपैयाँ ७१ पैसा गरेको छ भने खर्च तर्फ सबै भन्दै बढी खर्च एम्बुलेन्स सञ्चालन गर्दा ८ लाख ५२ हजार ५ सय ८४ रुपैयाँ ५३ पैसा खर्च गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७८/०७९को अहिले सम्मको मासिक,दैनिक, ऐच्छिक,बाल र आवधिक बचत गरी कुल बचत १ करोड ४६ लाख ५८ हजार ५ सय ८५ रहेको जनाएको छ।
त्यस्तै सो कार्यक्रममा ८ जना उत्कृष्ट बिधाका सदस्यहरूलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा उत्कृष्ट कर्मचारीकाे रूपमा संस्थाका लेखा प्रमुख बालिका पाैडेल,उत्कृष्ट बचतकर्ता राजन खनाल,पुर्ण बहादुर क्षत्री,उत्कृष्ट काराेवार कर्ता पुना पुन,ईश्वर नारायण चाैधरी,बाल बचत कर्ता मा डेभिट पाैडेल,आयुशा चाैधरी र नियमित बचतकर्ताकाे रूपमा राजपुर ५ का अवधेश यादवलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा गढवा गाउपालिका वडा नं ५ का अध्यक्ष लेख बहादुर थापा,गढवा उद्याेग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा,देउखुरी सामुदायीक पुस्तकालय तथा स्राेत केन्द्रका अध्यक्ष ओभा पाठक,चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शकुन्तला डि.सि.,सहकारी संजालका दामाेदर ढुङ्गाना,रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव लगायतले बाेल्नु भएकाे थियाे ।
संस्थाका सचिव श्याम बहादुर चाैधरीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकाे कार्यक्रममा संस्थाका काेषाध्यक्ष कालि पंरसाद चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा संस्थाका अध्यक्ष ओम प्रकाश बस्यालले बाेल्दै सहकारीमा खाता खाेल्दा,बितिय काराेवार गर्दा सदस्यता लिदा संस्थाकाे अवस्था बुझेर मात्र शेयर खरिद तथा सदस्यता लिनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
संस्था परिवार वाद तथा नितिमा चले समस्या ग्रस्त हुदै नहुने बताउदै अध्यक्ष बस्याले सहकारीहरू निति नियमामा चल्नु पर्नेमा जाेड दिनु भएकाे थियाे । संस्थाकाे लेखा प्रमुख बालिका पाैडेलकाे स्वागत मन्तव्य बाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव श्याम बहादुर चाैधरीले गर्नु भएकाे थियाे ।
