
Pbu
Srbpu
Djs
Lnp
Sgr
Pes
sbs
Ggp
Unsku
cjs
pku
Gfs
Rgp1
Rgp

Bbbpu
Rgs
Ssm
Sls
Tsm
Pvg
Asm
Hal
Wsp
Vor
Sbs
Rgu
Ggd
nsb
Rgu
Rsb
Bbu
Ksm
Gst

Syp
Bml
bbt
Mks
sab
Abd
Jmb
Jmb
Pls
Gsb
Rpp
Rmb
Ptm
दाङ । राजपुर गाउँपालिकाको विभिन्न स्थानमा पक्की पुल निर्माण गर्न बुधबार सहरी विकास मन्त्रालय र राजपुर गाउँपालिकाले सम्भाव्यताका लागि वाक ओभर सर्वे गरेको छ ।
तत्काल राजपुर गाउँपालिका भित्र वर्षातको समय वर्षौंदेखि नागरिकले झेल्दै आईरहेको समस्यालाई मध्यनजरगरि आवागमनमा कठिनाइ हुने प्रमुख ६ स्थानमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,सहरी विकास मन्त्रालयका इन्जिनियर नारायण अधिकारी,सोही मन्त्रालय अन्तरगत कन्सल्टेन्टका सर्भेयर सन्दीप चौधरी,सहरी विकास मन्त्री मेटमणी चौधरीका स्वकीय सचिव गौरव महरा लगायतले स्थलगत सर्वे गर्नु भएको हो ।
जसमा राजपुर गाउँपालिका वडा नम्बर १ को गुरुङ खोला भयर थान अहेर गौरी,भल्लोछेरा घाट,वडा नम्बर २ बेला जनज्योति माध्यमिक विद्यालयको पश्चिम् बुके खोला,वडा नम्बर २ को तपडापुरदेखि वडा वडा नम्बर १ ताउले जाने माररी तथा रसरी खोला,वडा नम्बर ४ को दुलैयादेखि मुङ्ग्रेठा खोला, वडा नम्बर ५ जंग्रहवादेखि वडा नम्बर ६ खाङ्ग्रा नाका जानेबाटोमा पर्ने महतेनिया र कोरिया खोला गरि ६ स्थानमा तत्काल सर्वे भएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ को विभिन्न स्थानमा अर्कोपटक राप्ती नदी लगायत अन्य खहरे खोलाहरुमा यसैगरी पक्की पुलको लागि सर्वे गर्ने सो सर्वे टिमले बताएको छ । यस्तै उक्त सर्वे कार्यमा वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट,वडा नम्बर १ का पुर्ब वडा सदस्य गोमा अधिकारी,गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुलसीराम बुढा,समाजसेवी गोपाल ओली,गोटबहादुर चौधरी, सुबास पुन लगायतको उपस्थिति रहेको थियो ।

