
Gmk
Anm
Rbs
Ksm
Gisld
Mbdvs
mbd
Pbu
Sds

Rsb
Sls
nsb
Tsm
Vor
Rgu
Bbbpu
Ggd
Hal
Sbs
Wsp
Rgu
Ksm
Bbu
Pvg
Rgs
Ssm
Gst
Asm

Ptm
Syp
Rpp
bbt
Mks
sab
Jmb
Rmb
Pls
Bml
Jmb
Abd
Gsb
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सानातिना बिषयमा पनि प्रायजसो बिवाद श्रृजना भईरहन्छन् । जनप्रतिनिधि बिचमा पनि आपसी कुरा नमिल्दा बारम्बार बिवाद उत्पन्नका उदाहरण हरु थुप्रै छन । अहिले फेरि गढवा गाउँपालिकामै कर्मचारी दर्खास्तको बिषयमा उत्पन्न बिवादले उग्र रुप लिएको छ । उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी बिच उत्पन्न बिवाद सतहमा आएको हो ।गाउँपालिकाले गत साउन २८ गते ३ जना कर्मचारी आबस्यक्ता सम्बन्धी १५ दिने सुचना जारी गर्यो ।
जसमा दमकल चालक १ जना, फायरम्यान १ र कुचिकार १ जना गरि ३ जनाको आबश्यक्ता सम्बन्धी दर्खास्त आह्वान गरिएको थियो । तर कर्मचारी छनौटका बिषयमा कार्यकारी र उपाध्यक्ष बिच कुरा नमिल्दा बिवाद श्रृजना भएको हो । उपाध्यक्ष चौधरीले आफ्नो मान्छेलाई छनौट गर्न नपाएको भन्दै बिवाद श्रृजना गरेको कार्यकारी योगीको आरोप छ । तर, कार्यकारी योगीले गाउँपालिकाको हरेक काम मनोमानी गर्दै आईरहेको उपाध्यक्ष चौधरीको भनाई छ । दर्खास्तका लागि आएको निवेदन पनि कार्यकारीले बुझ्न नमानेको उपाध्यक्षको आरोप छ । कार्यकारी लाल बहादुर योगीले भने प्रक्रियागत रुपमा काम गर्दापनि उपाध्यक्ष चौधरीले कपोकल्पित आरोप लगाएको बताएका छन् ।
दर्खास्तका लागि आएका निवेदन हरु प्रक्रिया पूरा गरेर आउन आग्रह गरेको हो, कसैलाई फर्काउने नियत चाहिँ हैन कार्यकारी योगीले भने । ‘उपाध्यक्षले दम्कल चालकमा आफ्नो मान्छे राख्न दवाव दिनुभएको थियो तर मैले मानिन कार्यकारी योगीले भने-प्रक्रियागत रुपमा जाने हो, सक्षम र दक्ष कामदार राख्नको लागि मैले यस्तो कदम चालेको हो ।’उनले बिवादकै बिषयलाई लिएर विभिन्न अनलाईन मिडिया हरुले प्रकासित गरेका समाचार हरुमा सत्यता नरहेको समेत जनाएका छन् । एकलौटी तवरबाट प्रकासित भ्रमित र कपोकल्पित समाचार हरुले भ्रम मात्र पैदा गरेको उनको भनाई छ । यता,गाउँपालिका अध्यक्ष सहजराम यादबले उपाध्यक्षको नियतका कारण आफू र समग्र गाउँपालिले बारम्बार बद्नामी खेप्नुपरेकोमा दुखेसो पोखे । उनले उपाध्यक्षले दरखास्तका लागि पठाएको ब्यक्तिले जागिर पाईने भएपछी मात्रै दरखास्त दिने नाईभने नदिने भनी फर्किएको बताए । ‘आफुले चाहेको ब्यक्तिलाई नै जागिर दिने उपाध्यक्षको ज्यादतीका कारण बिवाद भएको हो, खासै ठूलो बिषय होईन अध्यक्ष यादबले भने-छलफलबाटै निस्कर्षमा पुग्छौ, कसैलाई काखा र पाखा गरिँदैन ।’गढवा गाउँपालिका उत्पन्न बिवाद यो कुनै नौलो हैन । यो भन्दा अघिपनि त्यहाँ सानातिना बिषयलाई लिएर बिवाद उत्पन्नका समाचार हरु सार्बजनिक भईरहेका थिए ।
