मेगमन बुढा आइतबार, साउन ३२, २०७७

दाङ। देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी २६ बर्षिय सुरज नारायण चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ भने सोही गाउँ निवासी बर्ष २७ का मनोज चौधरी बेपत्ता भएका छन । उनिहरु लु ५७ प ८८ ०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । हिज राती एघार बजे राति लमही देखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदिको पुलमा मोटरसाइकल ठक्कर खाएर दुबै जना नदिमा खसेको प्रहरीले बताएको हो ।

राती अबेर भएका कारण बेपत्ता भएका मनोजको खोजी कार्यमा समस्या आएको र आज आइतबार बिहानै देखि उनकोखोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताउनु भएको छ । गएराती लमही देखि गढवा तर्फ जाँदै गर्दा बलमपुर स्थित सानो राप्ती नदिको पुलमा ठोक्किएर दुबै जना तल खसेका थिए,जस मध्य मोटरसाइकल चालक सुरजको मृत्यु भैसकेको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । सुरजको शब प्रहरीले हिज शनिवार राती नै फेला पारेको र शबलाई पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ । उनी सङ्गै सवार मनोजको अझै सम्म अवस्था अज्ञात छ । घटनास्थलमा अहिले खोजी कार्यका लागि सशस्त्र प्रहरीका गोताखोर टोलि खटिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]