
Rmb
Rgp1
pku
Rgp
Cps
Sgr
Unsku
Djs
Ggp
Pes
sbs
Srbpu
Lnp
Gis
Sds
Rgp
Pbu
cjs
Gfs

Rgu
Bbbpu
nsb
Pvg
Ssm
Bbu
Rgu
Ggd
Rsb
Asm
Gst
Wsp
Tsm
Sbs
Sls
Hal
Ksm
Vor
Rgs

Pls
sab
Rpp
Mks
Gsb
Bml
Jmb
Ptm
Syp
Jmb
Rmb
bbt
Abd
पछिल्लो समयमा कृषि पेशालाई युवाहरुले अंगाल्न नसकिरहेकाे समयमा लमही न,पा,३ कान्तिपुर निवासि एक बृद्ध अवस्थाका पुरुष, पुर्ब प्रअ तुल्सिराम अधिकारी अहिले कृषि अन्तरगत केरा खेति तर्फ आकर्षित हुनु भएको छ । उहाँले १ बिगाहा क्षेत्रफलमा झन्डै ४ सय बाेट केरा राेपण गर्नु भएको छ । आफ्नाे ब्याक्तीगत ५ लाखकाे लगानिमा साे खेति गर्नु भएको हाे ।
अन्य खेती भन्दा केरा खेतिमा छाेटाे समयमा धेरै आम्दानि हुने भए पछि उहाँ साे पेशा तर्फ आकर्षित हुनु भएको हाे । उहाँले जिनाइन र मालभाग जातका ४ सय केराका बोट बाँकेकाे काेहलपुरबाट किनेर रोपण गर्नु भएको हाे । केराले १ वर्ष पछि उत्पादन दिन थालिसकेकाे छ भने १ महिनामा ५ हजार रुपैयाँ बराबरको केरा बिक्री पनि गरिसक्नु भएको छ । आफु कृषिमा रुचि रहेकाे अनि फुर्सद समय सदुपयोग हुने र अन्य कृषि खेती भन्दा केरामा मुनाफा पनि बढि हुने भएकाले पनि आफु साे पेशामा लागेकाे अधिकारीकाे भनाइ रहेकाे छ । गएको असाेज महिनामा केराका बिरुवा राेपण गरे पनि गर्मीका कारण सबै केरा मरे पनि पुनःअसारमा राेपण गर्नु भएको थियाे । १ वर्षमा उत्पादन दिन थाले पछि उहाँ निकै खुसि हुनु भएको छ ।
लमही ३ बाल तारा मा.बि.मा प्र.अ बाटै रिटायर हुनु भएका अधिकारी कान्तिपुर कृषक सहकारी सस्थाकाे अध्यक्ष पनि हुनुहुन्छ,यति मात्रै हाेइन विभिन्न समाजिक कार्यमा उतिकै सक्रियता देखाउने अधिकारी सामुदायिक बनकाे अध्यक्ष पनि बनिसक्नु भएको छ । उमेरले ६० नाघे पनि उहाँमा अझै जाेस,जाँगर र उत्साह पनि उतिकै मात्रामा छ । यतिले नपुगेर उहाँ कहाँ १ वटा दुहुनाे जर्सि गाई पनि पाल्दै नजिकैको डेरीमा दूध बिक्री गर्दै आइरहनु भएको छ । केरा खेतिबाट बार्षिक १ लाख खर्च कटाएर बच्ने अनुमान गर्नु भएको छ । केराका लागि दाेमट माटाे उपयुक्त हुने अनि हिउँदामा १५/१५ दिन पछि सिचाइ गर्नुपर्ने र समय समयमा मल,गाेलमेल गरे मात्रै पुग्ने एक दमै सजिलो घर वरिपरि सानाे बारिमा पनि गर्न सकिन्छ । केरामा सबै भन्दा जराबाटै लाग्ने बुगुराे राेग लाग्ने अनि मर्ने हुन्छ,तर साबधानिक अपलाउनु पर्छ,अन्य खेतिमा जस्ताे यसमा राेग लाग्ने भने हुदैन,अधिकारीले ५ जनालाई रोजगारी दिनु भएको छ ।
केही अन्य समस्या नभए पनि स्थानीय सरकारले म जस्ता कृषकहरुका लागि कृषि प्राबिधिकहरु समय समयमा खटाएर सहयाेग गरे अति उत्तम हुने बिश्वास लिनु भएको छ । पैसाका लागि बिदेश खाडि मुलुक तर्फ नगइ स्वदेशमा अरु थुप्रो संभावना छ । यहि केही गराै किन हुन्छ,मैलेले यहि अनुराेघ गर्छु कि हामी नेपालीहरु बाहिरी देशमा नजाअाै यहि गराै यहीँ छ,सबै भन्ने गर्छु युवाहरु लागि तर मान्दैन के गर्ने भनी दुख व्यक्त गर्नु भयाे । म बुढाेले त साहस,हिम्मत लिएर काम गर्न सफल भएको छु,तपाईंहरुले किन नसक्नु,उहाकाे केराकाे बाेटमा डेढ सय देखि २०० सय केराका केसाहरु रहेकाे भन्दै सबै केरा बारिबाटै बिक्री भइरहेकाे बताउनु भयाे ।
अब भाेलि केराकाे सिजन भएकाले पनि हाेला थुप्रो ब्याक्तिहरु आएर पनि रित्तो,फर्काउनु परेकाे गुनासाे पनि गर्नु भयाे।काँचाे केरा ४०/५० रुपैयाँ दर्जन घर वारि बाटैबाट बिक्री हुन्छ बजार खाेज्नु पर्दैन,यहि नै खुसि अनि सन्तुष्टि पनि मिलेकाे छ । अधिकारीले भन्नू भयाे । लमही बजार देखि ७ किलाे मिटर पर काैडिया देखि सिधै तल कान्तिपुर गाउँ पर्ने गर्छ ।
