Sidha Patra बिहिबार, भाद्र ०२, २०७९

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले गढवाबाट दुई थान अवैध बन्दुक बरामद गरेको छ । जिल्लाको गढवा गाँउपालिका वडा नम्बर १ मलमलास्थित डिलबहादुर कुमालले लुकाई छिपाई राखेको दुई थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही वडाको बौराहा बस्ने बर्ष ३७ का जमबहादुर भनेर चिनिने गंङ्गेश्वर कुमालले अबैध हातहतियार राखेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक रन्जु केसीको कमाण्डमा खटिएको टोलीले डिलबहादुर कुमालको घरबाट भरुवा बन्दुक र १ नाले १२ बोरको बन्दुक गरी २ थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।

बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । अहिले डिलबहादुर कुमालको घरमा महिला र केटाकेटी मात्र भएको तथा जम बहादुर भनेर चिनिने गंङ्गेश्वर कुमालको घरमा खोज तलास गर्दा फेला नपरेको हुँदा दुवैको खोजी कार्र्य जारी रहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]