
Dbc
Sdc
Amb


दाङ । जिल्ला प्रहरी कार्यालय दाङले गढवाबाट दुई थान अवैध बन्दुक बरामद गरेको छ । जिल्लाको गढवा गाँउपालिका वडा नम्बर १ मलमलास्थित डिलबहादुर कुमालले लुकाई छिपाई राखेको दुई थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोही वडाको बौराहा बस्ने बर्ष ३७ का जमबहादुर भनेर चिनिने गंङ्गेश्वर कुमालले अबैध हातहतियार राखेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक रन्जु केसीको कमाण्डमा खटिएको टोलीले डिलबहादुर कुमालको घरबाट भरुवा बन्दुक र १ नाले १२ बोरको बन्दुक गरी २ थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।
बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । अहिले डिलबहादुर कुमालको घरमा महिला र केटाकेटी मात्र भएको तथा जम बहादुर भनेर चिनिने गंङ्गेश्वर कुमालको घरमा खोज तलास गर्दा फेला नपरेको हुँदा दुवैको खोजी कार्र्य जारी रहेको प्रहरीले जनाएको छ ।
