
Lsbus
dsbus
Gsl
Pbu
Nssbus7
Ssbus
Gsbus
Jsbus
Ksbus
Bsbus
Ssbus
Csbus
Bksbus5
Rsbus
Ksbus
gms
Ksbus
bpmhl
Ssbus

Asm
Ssm
Rgu
Sls
Tsm
Vor
Bbu
nsb
Bbbpu
Rgs
Pvg
Rgu
Ggd
Sbs
Ksm
Gst
Wsp
Rsb
Hal

Gsb
Ptm
Abd
Pls
Rpp
Rmb
bbt
sab
Syp
Jmb
Bml
Jmb
Mks
दाङ । देश र जनतालाई लुट्नका लागि तत्कालिन माओबादी र एमाले जोडिएको पुर्बमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आरोप लगाउनु भएको छ । जनताको जीवन स्तर बृद्दीका लागि दुई तिहाई सरकारलाई केसले छेकेको छ? भन्दै पुर्बमन्त्री गिरीले देशलाई भ्रष्टचारमय बनाउन सरकार लागिपरेकोमा आक्रोश पोख्नुभयो । दाङको गढवामा पार्टी प्रबेश कार्यक्रमलाई संबोधन गर्दै पुर्ब मन्त्री गिरीले यस्तो आरोप लगाउनु भएको हो । दुई महिना देखि सरकार ठप्प रहेको भन्दै यस्ता सरकारको आश्वासन सधै आश्वासन नै रहने अौल्याउनु भयो । कोभिड १९ जस्तो महामारी परिस्थितिमा पनि स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भ्रष्टचार गर्न नछोड्ने दुई तिहाई सरकारको भ्रष्टचारमय नीति उदाङ्गो भएको बताउनु भयो ।
दुई महिना देखि बस्दै आएको सरकारको बैठक केका लागि हो भन्दै गिरीले जनता र देशको हितका लागि निष्कर्ष ल्याउन छाडेर खाली कुर्ची बचाउकै लागी बैठक बसिरहेको आरोप समेत लगाउनु भयो । कम्युनिस्ट सरकारले कुटनितिक हिसाबले गर्नुपर्ने अन्तर्राष्ट्रिय सम्बन्ध हरुपनि ह्रास बनाएको भन्दै गिरीले बार्ताकै लागि दुई महिना लाग्ने सरकार सँग कुनै अपेक्षा नभएको बताउनु भयो । त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कोभिड १९ बाट जनतालाई जोगाउन अहिलेको शक्तिसाली सरकार सँग कुनै किसिमको योजना नरहेको बताउनु भयो ।देशको प्रधानमन्त्री जस्तो प्रमुख ब्यक्तिले जग हंसाई लज्जास्पद कुरा गरेको भन्दै चौधरीले बेसार पानी र हलुको कुराले जनता र देशको रक्षा नहुने बताउनु भयो ।
‘सरकारले जनताको आँसु पुच्छ सक्दैन, जनताको रक्षा गर्न सक्दैन चौधरीले भन्नुभयो-जनताले अब पुनर्बिचार गर्नुपर्ने अबस्था आएको छ ।’ नेपालीले नेपालीलाई मार्नुहुँदैन भनेर काँग्रेसले बन्दुक बोकेका माओबादीलाई जंगलबाट संसदमा ल्याएको स्मरण गर्दै चौधरीले अहिले उनिहरु सत्तामा रहँदा उनका जीवन परिबर्तन त भए तर जनताको स्तर अझै खस्किएको प्रती चिन्ता ब्यक्त गर्नुभयो । जनताको मुक्तिका सासका लागि नेपाली काँग्रेसले राजा नै हटाईदिएको बताउँदै चौधरीले अहिले देशमा लुटतन्त्रका राजैराजा भएको प्रति गुणासो पोख्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले बर्तमान प्रस्थितिमा दुई तिहाईको सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताउनु भयो । ‘कोरोना सन्दर्भमा सरकारले हात ठाडो बनाईसकेको छ सभापती पाण्डेयले भन्नुभयो- राज्यको दश अर्ब ढुकुटी रित्तियो तर माखो मरेन ।’कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ४ का ४८ जना विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका हुन ।
