
dsbus
Jsbus
Pbu
Nssbus7
Ssbus
bpmhl
Gsbus
Ksbus
Bksbus5
Ssbus
Csbus
Ssbus
Rsbus
Ksbus
Lsbus
Bsbus
Ksbus
gms
Gsl

Vor
Ssm
Sbs
Tsm
Ggd
Rsb
Asm
Pvg
Hal
Bbbpu
Rgu
Gst
Bbu
Ksm
nsb
Sls
Wsp
Rgu
Rgs

Syp
Rmb
Jmb
Gsb
sab
Mks
Pls
Ptm
Abd
Bml
Rpp
bbt
Jmb
दाङ । पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका एक प्रभावसाली नेता स्वर्गीय खुम बहादुर खड्काका पुत्र युवा नेता अनुराग खड्काले कोरोना भाइरसको जोखिममा रहेर आम नागरिकको सुरक्षामा खटिनु भएका सुरक्षा कर्मी, स्वास्थ्य कर्मी तथा संचार कर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने अभियानलाई बिहीबारदेखि सुरुगर्नु भएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङको सहकार्य र समन्वयमा नेता खड्काको प्रमुख पहल तथा नेतृत्वमा चलेको अभियानमा कोरोना भाइरस कोभिड-उन्नाइस संग सामना गर्न र नागरिकका लागि शान्ति सुरक्षामा खट्ने सुरक्षा कर्मीलाई पहिलो ग्राहेतामा राखेर नेपाल सशस्त्र प्रहरी बल सिमा क्याम कोइलावास, प्रहरी प्रहरी चौकी कोइलावास,इलाका प्रहरी कार्यालय गढवा, शस्त्र प्रहरी बल सिमा सुरक्षा क्याम भालुबाङ्ग,इलाका प्रहरी कार्यालय भालुबाङ्ग र स्थानीय पालिका अन्तरगत स्वास्थ्य शाखा राजपुर, स्वास्थ्य शाखा लमही, स्वास्थ्य शाखा राप्ती, स्वास्थ्य शाखा गढवा, लमही अाँखा अस्पताल, लमही खानेपानी लगायत आफ्नो क्षेत्रमा थर्मलगन,सेनिटाईजर, सर्जिकल माक्स, विश्व संगठन द्वारा मान्यता प्राप्त लायन्स क्लबको लोगो भएको पि.पि, हात धुने साबुन, फेस सिल गरि १२ लाखको नि:शुल्क सामग्री हस्तान्तरण गर्ने अभियान चलिरहेको क्षेत्रीय सभापति भेषराज पाण्डेले बताउनु भयो ।
सो अभियानमा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य तथा पुर्व सांसद माननीय योगेन्द्र चौधरी, महासमिति सदस्य तथा प्रदेश नम्बर ५ को प्रदेश सभा सदस्यका प्रत्यासी जानकिलाल बस्नेत, महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी, अनुराग यादव, मधु न्यौपाने, क्षेत्रीय सचिब देवान जंग चौधरी, नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीका सभापति सरद कुमार बि.सी, लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी, सो वडाका सदस्य कुलबहादुर बुढा मगर, नेपाली काङ्ग्रेसका कार्यकर्ता प्रताब खड्का संचार कर्मी द्वय टेकबहादुर पुन, शिवराज खनाल,लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सो अभियान चलिरहेको छ ।
विभिन्न पालिकामा गएर त्यस पालिकाको स्वास्थ्य शाखा प्रमुख लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा संक्षिप्त औपचारिक कार्यक्रमको बीचमा अभियान कर्मीले सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने गरेको छ । त्यस्तै बिहीबार राजपुर गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले स्वास्थ्य सामग्री हस्तान्तरण अभियानमा खट्नु भएका प्रमुख युवा नेता अनुराग खड्का लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद दिनु भएको थियो । त्यस्तै उहाँले अहिलेको संक्रमणकालिन अबस्थामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले स्वास्थ्यको क्षेत्रमा खेलेको भुमिका एकदमै सराहनीय र उदाहरणीय रहेको बताउनु भएको छ ।
यता लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले अहिलेको अबस्थामा आफ्नो क्षेत्रमा खेलेको भुमिका असाध्यै सान्दर्भिक रहेकोे बताउनु भएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण अभियानमा खटिनु भएका सम्पुर्ण अभियान कर्मीलाई हार्दिक धन्यवाद दिनुहुँदै प्रमुख केसीले देशमा लकडाउनको सुरुवातमा आफू लगायत नगरले भोगेका अनुभव समेत उहाँले सुनाउनु भएको थियो । देशमा सरकारले लकडाउन घोषणा गर्यो त्यतिबेला सामान्य एउटा थर्मलगन खरिद गर्न सक्ने आत नभएको र आज प्रशस्त सामग्री जुटेको बताउनु भयो । यस अभियान कार्यक्रममा प्रमुख नेतालाई क्रमश संक्षिप्त सम्बोधन गर्ने र स्वास्थ्य सामग्री हस्तान्तरण गराउने गरिएको छ भने यो अभियान आइतबार सम्म चल्ने अभियानटिमले बताएको छ ।
