
Sds
Pbu
Gisld
Ksm
Rbs
Mbdvs
Gmk
mbd
gst
Anm

Asm
Ksm
Pvg
Sls
Bbbpu
Tsm
Rgu
Gst
Wsp
Rgs
nsb
Rgu
Sbs
Ggd
Rsb
Ssm
Vor
Hal
Bbu

sab
Bml
Syp
Gsb
Rpp
Rmb
Mks
Jmb
Ptm
Abd
Jmb
Pls
bbt
गुल्मी क्षेत्र नम्बर १ मा झण्डै ६ अर्ब लागतमा बिकास कामहरु भएका छन् । क्षेत्र नं १ का सांसद प्रदिपकुमार ज्ञावाली परराष्ट्रमन्त्री बनेको २ वर्ष पूरा भएको छ ।यो अबधीमा जिल्लाको बिकासमा महत्पूर्ण फडको मारेका छ । मन्त्री ज्ञवालीले २ वर्षमा २५ पटक भन्दा वढि जिल्ला तथा निर्वाचन क्षेत्र भम्रण गरेका छन् ।मन्त्री ज्ञवालीको पहलमा बिभिन्न क्षेत्रमा बजेटको व्यवस्था भए लगत्तै क्षेत्र नम्बर १ र सुमग्र गुल्मीको लागि राष्ट्रिय गौरबका योजनाहरु समाबेस भएका हुन् । मन्त्री ज्ञवालीको पहलमा ५ अरब ६८ करोड ८८ लाखका लागतमा बिभिन्न क्षेत्रमा खर्चिने गरि बिकासका योजनाहरु आएका छन् ।
जिल्लाको समग्र विकासको लागि कालिगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग, रेसुङा बिमानस्थल, रिडि नदि व्ववस्थापन (ड्याम निर्माण ) तथा ठुला खानेपानी आयोजना लगायत अरू थुप्रै योजनाको लागि संघिय सरकारको माध्यमवाट बजेटको व्यवस्था गरिएको हो । मन्त्री ज्ञवालीले जिल्लाको गौरबको रुपमा रहेको कालीगण्डकी करिडोर रिडी(रुद्रबेणी(हर्मीचौर खण्ड २१ कि.मी. कालोपत्रे गर्नको लागि १ अरब ८ करोड ८६ लाखको बजेट ल्याएका छन् ।
त्यस्तै चोरकाटे(शान्तिपुर कालोपत्रे गर्न ३३ करोड ७६ लाख, तम्घास(नेटा कालोपत्रे ७ करोड बजेटमा काम भइरहेका छ । थप बजेट अन्र्तगत खर्ज्याङ्ग(गुल्मीदरवार घुम्ती मोटरबाटो, गौडाकोट(झिरबार(मजुवा मोटरबाटो, रिडी –खर्ज्याङ्ग मोटरबाटो, पुर्तिघाट(फोक्सिङ्ग(ग्वाघा(शान्तिपुर मोटरबाटो, भेडुवा(हुँगा(सिस्ने(चोरकाटे मोटरबाटो कालोपत्रे तथा स्तरोन्नती गर्न १० करोड बजेट परेको हो ।विभिन्न सडक आयोजना (बर्तुङ्ग तानसेन रिडी(वामिटक्सार(खरबाङ्ग सडक, बर्तुङ्ग(रिडी(तम्घास सडक, रिडी तानसेन सडक स्तरोन्नती, रिडी(रुद्रवेणी(वामीटक्सार(दरमखोला(काँडेबास(गलकोट बागलुङ्ग सडक, गुल्मी(छत्रकोट गा.प.(हुँगा(चोरकाटे(सत्यवती ७ सडक, पुर्तिघाट(फोक्सिङ्ग(ग्वागा(शान्तिपुर सडक, रिडी(बलकोट(दाङ्ग(सुर्खेत सडक, खर्ज्याङ्ग(गुल्मीदरवार घुम्ती मोटरबाटो, गौडाकोट(झिरबार(मजुवा मोटरबाटो, रिडी –खर्ज्याङ्ग मोटरबाटो, रिडी(बलकोट(हंसपुर(प्युठान(सुर्खेत सडक, बर्तुङ्ग(रिडी(तम्घास सडक) २७ करोड ५० लाखमा काम भइरहेको छ ।रिडी(कालीगण्डकी पर्यटकीय क्षेत्र तटबन्ध कार्यक्रम ५७ करोड ५६ लाख, विद्युत सवस्टेसन निर्माण रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा ४७ करोड ५० लाख रकम बिनियोजन भएको हो । सत्यवती पहिरो पिडित पुनर्स्थापनाका लागि २० करोड, स्वास्थ्य (तम्घास अस्पताल भवन निर्माण,श्रीङ्गा(रिडी(सत्यवती(कालीगण्डकी(गुल्मीदरबार र चन्द्रकोट) १५ सैयाको अस्पताल (२०करोड तम्घास अस्पताल भवन निर्माण) बजेट बिनियोजन भएको छ ।रेसुङ्गा एअरपोर्ट निर्माण१४ करोड, संघीय विशेष अनुदान (स्थानीय तह) ६ करोड ७८ लाख, संघीय समपुरक अनुदान (स्थानीय तह)५ करोड ११ लाख नियोजन भएको छ । त्यस्तै मन्त्री ज्ञवालीको पहलमा खानेपानी ६ करोड ६७ लाख, पक्की पुल निर्माण १७ करोड ३६ लाख, शित भण्डार निर्माण रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा १ करोड १६ लाख बजेट परेको हो ।पर्यटन विकास (रेसुङ्गा पर्यटन पूर्वाधार विकास, रुरु पर्यटन पूर्वाधार विकास, सत्यवती पर्यटन पूर्वाधार विकास, गुल्मीदरबार संरक्षण र विकास, तम्घासथान मन्दिर पूर्वाधार विकास, देवीस्थान मन्दिर पर्यटन पूर्वाधार विकास, दुर्गा मन्दिर निर्माण रुरु गा.प. १, रुरु रेसुङ्गा पर्यटन पूर्वाधार विकास समिति, सत्यवती पर्यटन पूर्वाधार विकास, सत्यवती दरवार संरक्षण भार्से) ३ करोड ३५ लाख रकम बिनियोजन भएको छ ।सुरक्षित नागरिक आवास८८ लाख खैरेनी (घुमाउने पुल)२० करोड, स्थानीय विकास पूर्वाधार कार्यक्रम ६ करोड, खेलमैदान (रेसुङ्गा नगरपालिका र सत्यवती)९० लाख, जनता आवास कार्यक्रम४ करोड १० लाख, जिल्ला प्रहरी कार्यालयको भवन निर्माण२ करोड, कालीगण्डकी करिडोर (सेनाद्धारा गरिएको कामको बजेट निकासा) ६० करोड रकम बिनियोजन भएको छ ।
कालिगण्डकी करिडोर (आ.व. २०७५र७६) मा सेनाद्वारा गरिएको कामको बजेट निकासा ६५ करोड, आ.व. ०७५ र ०७६ को स्थानीय पूर्वाधार विकास कार्यक्रम ४ करोड, समपुरक तथा विशेष अनुदान कार्यक्रम आ.व. ०७५ र ०७६ मा ८ करोड १७ लाख रकम बिनियोजन भएको छ । नागरिक आवास कार्यक्रम आ.व.०७५ र ०७६ मा १ करोड ४० लाख खानेपानी योजना रकमान्तर आ.व. ०७५ र ०७६ मा ९ करोड ३७ लाख बजेटको व्यवस्था भएको हो ।
रेसुङ्गा पर्यटन विकास आ.व. ०७५ र ०७६ मा ४५ लाख रकम बिनियोजन भएको छ । मन्त्री ज्ञवालीको पहलमा प्रदेश सरकारबाट ४५ करोड १७ लाख रकमका बजेट तथा योजनाहरु रहेका छन् ।
मन्त्री ज्ञवालीको पहलमा सघन खानेपानी आयोजना ५ करोड ९९ लाख, खानेपानी आयोजना ३ करोड ९४ लाख, भवन तथा खेल मैदान निर्माण सशर्त अनुदान ८५ लाख, सडक आयोजनाहरु २८ करोड ४९ लाख, पर्यटन सम्वन्धी आयोजनाहरु २ करोड ४० लाख, भाषा तथा संस्कृति सम्वन्धी योजनाहरु (जीवराज आश्रित संग्रहालय)२५ लाख रकम बिनियोजन भएको छ ।
भवन तथा आवास सम्वन्धी योजनाहरु १ रोड ६० लाख, तटबन्ध सम्वन्धी निर्माण (बडीगाड खोला नियन्त्रण)८० लाख, जिल्ला प्रहरी कार्यालयको गाडी खरिद रकम ६० लाख, भाषा तथा संस्कृति २५ लाख रकम बिनियोजन भएको छ । बिनियोजन भएका योजनाहरुमा कतिपयमा कामहरु भइरहेका छ । त्यस्ते कतिपय योजनाहरुमा काम हुने चरणमा रहेका छन् ।
