
Gisld
mbd
Anm
Rbs
Ksm
Gmk
Mbdvs
Pbu
Sds

Bbbpu
Rsb
Pvg
Sbs
nsb
Rgu
Rgu
Sls
Ssm
Rgs
Hal
Bbu
Gst
Asm
Vor
Ggd
Ksm
Wsp
Tsm

sab
Syp
Pls
Rmb
Jmb
Mks
Rpp
Abd
Jmb
Ptm
Gsb
bbt
Bml
दाङ ।दाङ, देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सिरिया नाका गाउँ स्थित रण बहादुर बुढा मगरको घरमा यहीँ श्रावण महिना ५ गते सोमबारको दिन अत्यधिक वर्षातको कारण घर माथि देखि पहिरो झर्दा घर जोखिममा परेको छ । भिरालो स्थानमा घर भएको र अत्यधिक वर्षातको कारण सो स्थानमा बिहान अन्दाजी ६ बजे घर माथि देखि पहिरो झरेको पीडित बुढा मगरले जानकारी दिनु भयो । घर माथि ३५ मिटर देखि पहिरो झरेपछि घर जोखिम पुर्णमा रहेको र अझै पहिरो झरीरहेकोले उक्त घर पुरिने सम्भावना भएको हुँदा घर छाडेर सम्पुर्ण घरपरिवार घर नजिकको पानी पर्दा चुहिने गोठमा बस्दै आइरहेको पहिरो पिडक बुढा मगरले सिधापत्रसंग बताउनु भएको हो ।
हिज-आज कोरोना भाइरसले पिडा त दिएको छ !’तर त्यस् माथि वर्षायामले पिडा थपि दियो,के गर्ने हजुर दुख छ । जेनतेन गोठ मुनिमा परिवारलाई बसालेर गुजारा चलाएका छु, पीडित बुढा मगरले बताउनु भयो । हालसम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला दाङ शाखा कार्यालय गढवाले केही पाल,भाडाकुडा दिएको र अन्य कुनै सम्बन्धित निकायले ध्यान नदिएको पीडितको भनाइ रहेको छ ।
