
Ksb
Usb
Tgp
Ssb
jsb
Ksb
Bsn
Nsb
Gsb
Ssb
Rks
Ksb
Ppu
Fmb
Rsb
Csb

Hl1
Ssb
Usb
Tsb
Gsb

Rgu
Nps
ptl
दाङ ।दाङ, देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सिरिया नाका गाउँ स्थित रण बहादुर बुढा मगरको घरमा यहीँ श्रावण महिना ५ गते सोमबारको दिन अत्यधिक वर्षातको कारण घर माथि देखि पहिरो झर्दा घर जोखिममा परेको छ । भिरालो स्थानमा घर भएको र अत्यधिक वर्षातको कारण सो स्थानमा बिहान अन्दाजी ६ बजे घर माथि देखि पहिरो झरेको पीडित बुढा मगरले जानकारी दिनु भयो । घर माथि ३५ मिटर देखि पहिरो झरेपछि घर जोखिम पुर्णमा रहेको र अझै पहिरो झरीरहेकोले उक्त घर पुरिने सम्भावना भएको हुँदा घर छाडेर सम्पुर्ण घरपरिवार घर नजिकको पानी पर्दा चुहिने गोठमा बस्दै आइरहेको पहिरो पिडक बुढा मगरले सिधापत्रसंग बताउनु भएको हो ।
हिज-आज कोरोना भाइरसले पिडा त दिएको छ !’तर त्यस् माथि वर्षायामले पिडा थपि दियो,के गर्ने हजुर दुख छ । जेनतेन गोठ मुनिमा परिवारलाई बसालेर गुजारा चलाएका छु, पीडित बुढा मगरले बताउनु भयो । हालसम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला दाङ शाखा कार्यालय गढवाले केही पाल,भाडाकुडा दिएको र अन्य कुनै सम्बन्धित निकायले ध्यान नदिएको पीडितको भनाइ रहेको छ ।
