भानु जोशी मंगलबार, आषाढ २८, २०७९

दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय भालुवाङमा आर्थिक वर्ष २०७८/०७९ को असार ७ गते सम्म विभिन्न शिर्षकका ६४ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिएका छन् ।

यहीँ असार ७ गते कार्यालयमा दर्ता भएका मुद्दाहरु सवारी ज्यान-८,सा.शा.बि.कसुर-१,जबर्जस्ती करणी उद्योग-२,झुण्डीइ आत्मा हत्या-१२,बिष शेवन-५, भवितव्य ज्यान-१२,लागू औषध ब्राउन सुगर र गाँजा गरि-५,जबर्जस्ती करणी-३,फुटकर ज्यान-५, झुठ्ठा विवरण पेस गरि नागरिकता बनाएको-१ वटा मुद्दा दर्ता भएको जनाएको छ।

त्यसैगरि नकवजनी चोरी-३,सवारी आवागमनमा बाधा अवरोध-१,ठगी-१,ज्यान सम्बन्धि कसुर-१, कर्तव्य ज्यान-२,वालयौन दुरुपयोग-१, मोटरसाइकल चोरी-२ गरि जम्मा-६४ मुद्दा दर्ता भएकाहुन। जस मध्य फर्च्छौट संख्या २३ रहेकोछ भने बाँकी संख्या फर्च्छयौट हुन रहेको बताइएकोछ।

प्रहरी निरीक्षक शाहले आफू कार्यालय प्रमुखको हैसियतमा यो कार्यालयमा आइ सकेपछि विभिन्न शिर्षकका-२० वटा मुद्दा दर्ता गरिएको र २४ जना पक्राउ गर्न सफल भएकोमा ३ जना फरार रहेकोले खोजी कार्य जारी राखेको बताएका छन् । आफुले २० वर्षसम्म फरार रहेको अभियुक्त पनि पक्राउ गरि अदालतमा पेश गरेको शाहले भनेका छन् ।

यस्तै आफू कार्यालयमा आएको छोटो समयमै ४ किलो ५ सय ४९ ग्राम गाँजा र ७ सय ८० मिलि ग्राम ब्राउन सुगर समेत पक्राउ गरिएको उनले बताएका छन् । कार्य कक्षमा भएको भेटमा निरीक्षक शाहले शान्ति सुरक्षा अमन चयन कायम राख्ने आफ्नो मूल कर्तव्य र दायित्व भएकोले सोही अनुसार आफू कटिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]