महेन्द्र सिंह/बाँके आइतबार, आषाढ २६, २०७९

बाँके । नेपालबाट ११ महिनाको अवधिमा २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ । जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।

कम्बोडियामा नेपालबाट २० करोड २ लाख ४६ हजार रुपैयाँ बराबरको ३०५ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यसपछि, हङकङमा ३ करोड ९३ लाख रुपैयाँको ६८ किलो यार्सागुम्बा निर्यात भएको छ भने फ्रान्समा ६२ लाख २१ हजार रुपैयाँ बराबरको ११ किलोग्राम यार्सागुम्बा निर्यात भएको देखिन्छ ।

त्यस्तै यसपछि,कोरिया,रसिया,सिंगापुर,थाइल्याण्ड, युक्रेन, बेलायत,अमेरिका र भियतनाम लगायतका देशमा समेत यार्सागुम्बा जाने गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]