
Sssbus1
Ssbus
ssbus
Sssbus1
Pbu
tssbus
Ssbus
Gsl
nsm
Ssbus

Rgu
Tsm
Rgu
Asm
Pvg
Ksm
Ggd
Vor
Hal
Sls
Gst
Bbbpu
Rgs
Ssm
Sbs
Wsp
Rsb
nsb
Bbu

sab
Gsb
Jmb
Rpp
Bml
bbt
Abd
Jmb
Rmb
Ptm
Pls
Syp
Mks
बाँके । नेपालबाट ११ महिनाको अवधिमा २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ । जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।
कम्बोडियामा नेपालबाट २० करोड २ लाख ४६ हजार रुपैयाँ बराबरको ३०५ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यसपछि, हङकङमा ३ करोड ९३ लाख रुपैयाँको ६८ किलो यार्सागुम्बा निर्यात भएको छ भने फ्रान्समा ६२ लाख २१ हजार रुपैयाँ बराबरको ११ किलोग्राम यार्सागुम्बा निर्यात भएको देखिन्छ ।
त्यस्तै यसपछि,कोरिया,रसिया,सिंगापुर,थाइल्याण्ड, युक्रेन, बेलायत,अमेरिका र भियतनाम लगायतका देशमा समेत यार्सागुम्बा जाने गरेको छ ।
