
Tgp
Ksb
Ssb
Rks
Fmb
Gsb
Nsb
Ppu
Bsn
Ksb
Rsb
Ksb
Ssb
jsb
Usb
Csb

Ssb
Hl1
Gsb
Usb
Tsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ती स्थित अस्थायी प्रहरी पोस्ट र सीसी क्यामेरा जडान भएको ५० मिटरको दुरि अगाडिबाटै एक पसल चोरी भएको छ ।
लमही नगरपालिका वडा नम्बर २ डोरही गाउँ बस्ने सीता चौधरीको बुधबार राति अज्ञात समुहले ढ्याप्लीको ढोका फोरेर ढ्याप्ली भित्र भएको पेय पदार्थ बियर,कोलड्रीङहरु गरि ११ हजार बराबरको चोरी भएको सो पसल धनी चौधरीले जानकारी दिएकि छन् । उनको पसल यो संगै दुई पटक चोरी भएको पसल धनी चौधरीले जानकारी दिएकि छन् ।
त्यस्तै अहिले उक्त स्थानमा जडान भएको सीसी क्यामेराले राति ५० मिटर आसपासका दृश्यहरु खिच्न सक्ने क्षमता भएको हुँदा मनटेरिङ्गबाट चेक गरेर पसल चोरी गर्ने ब्यक्तिलाई पत्ता लगाउन सकिने समाजसेवी चिरञ्जीवी शर्माले बताए ।
यता अस्थायी प्रहरी पोस्ट नर्तीका इन्चार्ज बसन्तराज बिकले बिजुली बत्तिको कमजोरीले गर्दा चोरी भएको बताएका छन् । उनले भने राति १ बजेसम्म त्यहीँ वरपर गस्ती गर्ने क्रममा केही भएको थिएन तर पछि गस्तीको टोलि श्रीगाउँ तिर गस्ती गएको मौका छोपी सो पसल चोरी गरेको हुन सक्ने बताए । हामीलाई पनि बिहान मात्र पसल धनीले जानकारी गराएपछि थाहा पायौं,इन्चार्ज बिकले भने ।
इन्चार्ज बिकका अनुसार यस अघिका वडा अध्यक्षलाई बिजुली बत्तीको लागि पहल गरेको र अहिलेकालाई पनि बत्तीको लागि सहयोग गर्न भनि अनुरोध पत्र पठाएको हुँदा अब बत्ती जडान भएपछि,सीसी क्यामेराले पनि राम्रो काम गर्ने र यता गस्तीलाई पनि समय तालिका बढाएर उक्त स्थानमा बढी निगरानी बढाउने बताएका छन् ।
यस्तै सो स्थानमा जडान भएको सीसी क्यामेराको मनिटरिङ अहिले ईलाका प्रहरी कार्यालय भालुबाङको मातहतबाट चलेको छ । ईप्रका भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम साहले सो स्थानको घटनाको बारेमा सीसी फुटेज हेर्नको लागि सम्बन्धित पसल धानीले सम्पर्क राखेमा हेर्न सकिने बताए ।
