Sidha Patra बुधबार, आषाढ २२, २०७९

काठमाडौं । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।

त्यस्तै उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन् । दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]