
Tgp
Csb
Gsb
Nsb
Ksb
Ppu
Usb
Ssb
Ksb
Bsn
Fmb
Rks
Ksb
Rsb
Ssb
jsb

Tsb
Ssb
Hl1
Usb
Gsb

Rgu
Nps
ptl
दाङ । सामाजिक उत्तरदायित्वको लेखाजोखा गर्ने पद्धति अनुरुप घोराही उपमहानगरपालिकाले सम्पादन गरेको कामको आईतबार सामाजिक परिक्षण गरिएको छ ।
पालिकाले स्थानीय सरकार संचालन सम्बन्धी ऐन, कानून र कार्यविधिमा रही सम्पादन गरेका कामहरुको आधारमा सेवाग्राहीले पालिकाबाट प्राप्त गरेका सेवा र सहजतालाई थप छिटो छरितो बनाउने तथा नागरिक मैत्री बनाउने अभिप्रायले सामाजिक परिक्षण गरिएको हो ।
पालिकाका विभिन्न महाशाखा, शाखा तथा सेवा प्रदान गर्ने निकायबाट नागरिकलाई प्रदान गरिएको सेवाको कार्यशैली, कानूनी व्यवस्था, कार्य सम्पादन गर्दा शाखाहरुमा आई परेका समस्या र समाधानका उपाय अपनाई आगामी दिनमा सार्वजनिक सेवा प्रवाह थप चुस्त दुरुस्त बनाउन सुझावसहित घोराहीमा पहिलो पटक सामाजिक परिक्षण प्रतिवेदन तयार पारि सार्वजनिक गरिएको छ ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकामा रहेका सबै महाशाखा, शाखा प्रमुख, प्रतिनिधि, सरोकार संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिती रहेको थियो । सामाजिक परिक्षणका लागि विभिन्न संघ,संस्थाहरु छनौट गरी विश्लेषण गरिएको थियो ।
विश्लेषणबाट कार्यालयको समग्र सामाजिक उत्तरदायित्वको अवस्था मिश्रित रहेको पनि निष्कर्ष निकालिएको छ । केही कमीकमजोरीहरु देखिए पनि पूर्वाधार विकासबाट प्राप्त विकासका अवसरहरुलाई आम नागरिकहरुको प्रत्यक्ष संलग्नतामा सामाजिक विकासलाई अघि वढाउन सफल भएको पनि निष्कर्ष सामाजिक परिक्षणले निकालेको छ ।
स्थानीय तह संचालन ऐन, नियमावली, स्थानीय स्वायत्त शासन नियमावली र आर्थिक नियमावलीलाई पूर्ण रूपमा पालना गर्दै स्थानीय विकासमा घोराही उपमहानगरपालिकाले गर्दै आएको कामका आधारमा बालमैत्रि उपमहानगर घोषणा गरेपछि प्राथमिकतामा राखेको अपांगमैत्री, सुशासन मैत्री, नगर घोषणा गर्ने कार्यलाई केन्द्र भागमा राखेर अगाडि बढाउनु पर्ने लगायत नागरिकबाट सुझाव दिइएको छ ।
जनसंख्याको आधारमा योजना छनौटमा चुनौती रहेकाले यस विषयमा आगामी दिनमा गम्भीरता पूर्वक समिक्षा गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । वैकल्पिक अनुसन्धान केन्द्र, दाङले गरेको सामाजिक परिक्षणले घोराही उपमहानगरपालिकाले अघि सारेको सुशासन नीतिलाई थप प्रभावकारी बनाउन र आगामी कार्ययोजनालाई जनमैत्री बनाउन टेवा पुग्ने विश्वास लिईएको छ ।
नागरिकका अनगिन्ती आवश्यकता र चाहनालाई पूरा गर्न सबै सम्भव नभएपनि आधारभूत सेवा सुविधाको पहुँचमा पुर्याउने दायित्व स्थानीय सरकारको भएको नगरप्रमुख चौधरीले बताउनुभयो । नागरिकले चाहे जस्तो सबै कुरा घरमै पुगोस् भन्ने अपेक्षा राख्नु स्वाभाविक भएपनि केही कुरा पाउन त्यसको महत्व बुझ्न सके उपयुक्त हुने बताउनुभयो ।सामाजिक परिक्षणका क्रममा नगरबासीले दिएका सुझावलाई शिरोधार्य गर्दै आगामी दिनमा सुशासन कायम गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
उपप्रमुख हुमा डिसीले श्रमिकको श्रमको सम्मान गर्नेदेखि उनीहरुलाई सहज सेवा प्रदान गर्ने सवालमा पालिकाले थप गम्भीर ढंगले काम गर्नुपर्ने बताउनु भयो । यसका लागि सामाजिक परिक्षण प्रतिवेदनले धेरै कुराको कमीकमजोरी औँल्याउनेदेखि गरिएका कामको सबल पक्षका बारेमा गरेको वकालतले अवस्था पहिचानमा भुमिका खेलेको बताउनुभयो ।
स्थानीय सरकारले अघि सारेको योजनालाई पारदर्शी ढंगले सम्पादन गर्ने र पालिकालाई समृद्ध बनाउने सवालमा सामाजिक परिक्षण अत्यन्तै महत्वपूर्ण पाटो भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताउनुभयो । उहाँले कर्मचारी प्रशासनबाट प्रवाह हुने सेवा र कामलाई जति सक्दो छिटो छरितो बनाउने तथा मितव्ययी गराउने विषयमा यस प्रकारको कामले सघाउ पुग्ने बताउनु भयो ।
