सागर थापा आइतबार, आषाढ १९, २०७९

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विद्यार्थीलाई लक्षित गरेर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ ।

सम्बन्धित विद्यालयमै पुगेर हप्ता १० दिनमा विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनु भयो । उहाँका अनुसार सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासनको पालना गराउने उदेश्यले विद्यालय केन्द्रित कार्यक्रमको लागि ट्राफिक प्रहरी सक्रियता बढाइएको बताए ।विद्यार्थीलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोगका बारेमा सैद्धान्तिक प्रशिक्षण दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक परियारले हप्ता या १० दिनमा ट्राफिक सचेतना मूलक कार्यक्रम गर्ने गरिएको जानकारी दिनु भयो । ट्राफिक नियम, सङ्केत, आवश्यक कानुन, सवारी दुर्घटना एवम् सवारी चलाउँदा ध्यानदिनुपर्ने कुरा लगायतका बारेमा दुर्घटना नियन्त्रणको मुख्य उदेश्य राखेर दाङ भरि नै ट्राफिक प्रहरीले विद्यार्थीलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरेको छ ।त्यस्तै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी केन्द्रित ट्राफिक सचेतनामूलक कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार र वरिष्ठ सइ उत्तम जिसी लगायतले गर्नुभएको थियो । कार्यक्रममा मार्क इन्टरनेशनल कलेजका विद्यार्थीहरु सम्झना कोइला र अर्चना भुसालले ट्राफिक नियमको क्लाश लिदा दुर्घटना बारेमा धेरै कुरा सिकेको र यस्तो कार्यक्रमहरु प्रत्येक स्कुल र कलेजमा हुनुपर्ने बताए ।

यस्तै मार्क कलेजका टिचर नौला बहादुर खड्काले दाङ जिल्ला ट्राफिकले स्कुलमा आएर विद्यार्थीहरु लाई दुर्घटना सम्बन्धि धेरै कुरा सिकाएको हुँदा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिनुभएको थियोे । कार्यक्रमको आयोजना मार्क इन्टरनेशनल कलेज र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सयुत्त रुपमा गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]