Sidha Patra शनिबार, आषाढ १८, २०७९

दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लिउदै आएको न्युनतम शु:ल्क घटाएको छ ।

संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षतामा शुक्रबार बसेकाे बैठकले उक्त महत्त्वपूर्ण निर्णय गरेकाे हो । जस अन्तरर्गत उपभोक्ताले हाल तिरि रहेकाे महसुललाई हेरफेर गरि आम सम्पूर्ण उपभोक्तालाई सहुलित दिने गरी न्युनतम शु:ल्क २०० बाट घटायर १५० मात्र कायम गरेकाे छ ।

जहाँ १-५ युनिट सम्मका उपभोक्ताले उक्त सहुलियत उपभाेग गर्न पाउनुहुन्छ । त्यसैगरी ६ युनिटदेखी १३ युनिटसम्मकाे जम्मा २०० मात्र कायम गरिएकाे छ । याे शु:ल्कमा हाल १२ युनिटसम्म २०० रुपैया लिदै आइरहेको थियाे ।

त्यस्तै १४ देखी २० युनिटसम्म हाल लिदै गरेकाे प्रति युनिटमा ५ रुपैया घटायर रु २५ ,त्यसैगरी २१ देखी ३० सम्म हाल लिदै गरेकाे प्रति युनिटमा रु ५ रूपैया घटायर रु ४०,यसैगरी ३१ युनिट भन्दा माथि प्रयोग गर्ने उपभोक्ताका लागि हाल तिरिरहेकाे शु:ल्कमा प्रति युनिटमा रु ५ रुपैया घटाई रु ५० कायम गरिएको छ ।

याे निर्णयले यस संस्थाबाट पानी उपभोग गर्ने सम्पूर्ण उपभोक्तालाई राहत मिल्ने संस्थाले आसा लिएको छ । त्यस्तै उक्त निर्णय सेवाग्राहीलाई २०७९ श्रावण १ गतेबाट लागु हुनेगरी महशुल छुट कायम गरिएकाे संस्थाका सचिव बसन्त आचार्यले जानकारी दिनु भयो ।

त्यसैगरी देउखुरी डिभिजन वन कार्यलयले नि:शुल्क रुपमा संस्थालाई प्रदान गर्न लागेकाे ५००० हजार बिरुवा चप्पर खाेला प्रगतिशील सामुुदायिक वनमा मिति २०७९ असार २० गते बिहान ७ बजेदेखि बाताबरण संरक्षणका लागि बृक्षाराेपण कार्यक्रम गर्ने निर्णय समेत भएको सचिव आचार्यले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]